मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

भद्रपुर‌ किड्स साइक्लोथनमा १९ जना पुरस्कृत

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१२ माघ २०८२, आइतबार

झापा भद्रपुर‌ साइकल समाजको‌ आयोजनामा पहिलो‌ पटक ‘भद्रपुर‌ किड्स साइक्लोथन-२०८२’ सम्पन्न भएको‌ छ  ।  भद्रपुर‌’मा ८-१४ वर्ष उमेर‌को‌ सहभागितामा माघ १० गते‌ बिहान साइकल दौड प्रतियोगिता भएको‌ हो‌ ।

साइकल-राइडर‌ बालबालिका एवम् किशोर-किशोरीहरूले‌ महेन्द्र पार्क (महेन्द्र उद्यान)देखि गायत्री मन्दिर‌, गार्मेन्ट चोक, बोक्तोबारी भएर‌ मन्त्री चोकबाट पूर्व झापा चोकको‌ मुख्य सडक हुँदै‌ महेन्द्र उद्यानसम्मको‌ ११दशमलव ११ किमि निर्धारित दूरी पूरा गरेका थिए ।

साइकल दौड पूरा गर्ने‌ १९ जना सहभागीलाई प्रदान गर्न ‘भद्रपुर‌ झापा गोल्डकप’का अध्यक्ष एवम् समाजसेवी दिपेश ढकाल र‌ प्रभा ढकाल दम्पतीबाट नगद पुरस्कार‌ सौजन्यस्वरुप प्राप्त भएको‌ भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार‌ श्रेष्ठले‌ जानकारी दिए ।

भद्रपुरका नगर-प्रमुख गणेश पोखरेलको‌ प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत राइडरहरूमा ऐश्वर्या शर्मा र‌ प्रसुनबाबु भट्टराई – प्रथम, रेश्मा राजवंशी र‌ भवानी चापागाईं – द्वितीय, अस्मिता कुँवर‌ र‌ सक्षम घिमिरे – तृतीय, आरजु कोइराला र‌ अनिरुद्र तामाङ – चौथो‌, मोहिनी गोयल र‌ श्रेयम अधिकारी – पाँचौं, आरुषी श्रेष्ठ र‌ एलेक्स शंकर – छैठौं, आरोग्या थापा र‌ दर्पण भट्टराई – सातौं, आराध्या गोयल र‌ मनन उप्रेती – आठौं, हर्षिका गोयल र‌ आकाश राजवंशी – नवौं र‌ सोवत्स लम्साल – दशौं भएका थिए ।

प्रथमलाई ३ हजार‌, द्वितीयलाई २ हजार‌, तृतीयलाई १ हजार‌ र‌ चौथोदेखि दशौंसम्मलाई जनही ५ सय रुपैयाँ पुरस्कार‌ प्रदान गरिएको‌ अध्यक्ष श्रेष्ठले‌ बताए । साइकल समाजले विभिन्न प्रकारका कार्यहरू समय समयमा सञ्चालन गर्दै आइरहेकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार