मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

झापा कोशी प्रदेशका नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले नियुक्त गरेका थप चार जना मन्त्रीले सोमबार शपथ लिएका हुन् । 

मोरङबाट निर्वाचित प्रदेश सांसद  लिलावल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, धनकुटाका निरन राई र  सुनसरीका राप्रसाद मेहतालाई मन्त्री नियुक्त गरेका छन् । अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, राजभण्डारीलाई खानेपानी, सिचाइ, तथा उर्जा मन्त्री,  महतोलाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्री र राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्त भएका मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ग र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ गराए ।

एमाले नेता तिलकुमार मेन्याङबोले यसअघि दुई वटा मन्त्रालयको जिम्मेवारी पाएका थिए । अहिले उनलाई  स्वास्थ्य मन्त्री, पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्री र सिर्जना राईलाई सामाजिक विकास राज्य मन्त्री नियुक्त गरिएको छ । यसअघि मेन्याङबोले खानेपानी, सिचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय समालेका थिए । 

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय  आफैसँग राखेका छन् । तत्कालीन मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको विरूद्ध कार्कीले सर्वोच्च अदालत दिएको रिट निवेदनमा भदौ २१ गते पूर्ण सुनुवाइपछि फैसला सुनाएको थियो । सर्वोच्चले मुख्यमन्त्री थापालाई पदमुक्त गर्नुका साथै अल्पमतमा रहेको एमाले नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि पसमादेश जारी गरी दिएको थियो । मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (४) अनुसार असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।

प्रदेशसभाको निर्वाचनदेखि सहकार्य गर्दै आएका राप्रपाले पनि साथ छोडिसकेकाले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्ने अवस्था छैन । अबको ९ दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री कार्की पदमुक्त हुनेछन् । ९३ सदस्यीय प्रदेशसभा एमालेको उपसभामुखसहित ४०, राप्रपाका ६ र गठबन्धन दल कांग्रेका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीमा ४ र जनता समाजवादी पार्टीका एक प्रदेश सांसद छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार