मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

वाइसिएलले मल आपूर्तिको ब्यवस्था मिलाउन माग राख्दै प्रशासन कार्यालय इलाममा ज्ञापन

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

झापा / कृषकलाई मल आपूर्तिको ब्यवस्था मिलाउन आग्रह गर्दै योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले आइतबार जिल्ला प्रशासन कार्यालय इलाम मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत मुलुकभर क्रियाशील रहेको वाइसिएलले सरकारलाई किसानप्रति उत्तरदायी हुन र मल आपूर्तिमा देखिएको चरम समस्या तुरुन्त समाधान गर्न आग्रह गरेको हो ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार हाल मुलुकभर वर्षा याम सुरु भइसकेको अवस्थामा पनि किसानहरू मलको चरम अभावका कारण खेती गर्नबाट बञ्चित भइरहेका छन् । पटकपटकको सरकारी आश्वासनपछि पनि मल आपूर्ति सहज हुन नसक्नु योजनाबद्ध ढंगले सिर्जित समस्या भएको वाइसिएलको आरोप छ।

सरकारले समयमा मल आपूर्ति गर्न नसक्नु, पहुँचको आधारमा वितरणमा असमानता देखिनु, दलाल तथा विचौलियाको संलग्नतामा कालोबजारी हुनु जस्ता कारणले किसानहरु आक्रान्त बनेको वाइसीएलको ठम्याइ छ ।

ज्ञापनपत्रमार्फत वाइसिएलले चाँडै समस्या समाधान नभए राष्ट्रव्यापी आन्दोलनको घोषणा गरिने चेतावनीसमेत दिएको छ । “वाइसिएल नेपाल आफ्नो अभियानलाई अब देशव्यापी बनाउँदै आन्दोलनको स्वरूप दिनेछ,” ज्ञापनमा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार