मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

बिर्तामोड–भद्रपुर सडक तत्काल निर्माण गर्न सभामुखको निर्देशन

देश प्रदेश डेस्क 5437+ समाचार ( )
८ अशोज २०८०, सोमबार

झापा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड–भद्रपुर सडकखण्ड निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

सोमवार गृहजिल्ला झापा आएका सभामुख घिमिरेले सो सडक निर्माणमा ढिलाई भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए । भद्रपुर विमानस्थलमा उत्रिएपछि स्तरोन्नति भइरहेको तर हाल काम रोकिएको बिर्तामोड–भद्रपुर सडकखण्डको अवस्था अवलोकन गर्दै बिर्तामोडस्थित सम्पर्क कार्यालय आएर उनी पत्रकारसँगको भेटघाटमा बसेका थिए । सभामुख घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको अवस्था बुझेपछि तत्काल निर्माण कार्य अघि बढाउन निर्देशन दिएको बताए ।

सभामुख घिमिरेले निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको दावी गरे । बजेट हुँदाहुँदै पनि काम रोक्नु बेठिक हुने सभामुख घिमिरेको भनाई छ ।

यस्तै, अघिल्लो महिना शनिश्चरे– खुदुनावारी सडकखण्डको विरिङ पुल चर्किएको घटनामा ध्यानाकर्षण भएको उनको भनाई थियो । उनले जिल्लाका विभिन्न विकासका परियोजनाबारे चासो राख्दै निर्माण गर्नुपर्ने र सुचारु आयोजनाहरुको कामलाई अघि बढाइने पत्रकारहरुलाई जानकारी गराए ।

झापा क्षेत्र नं. २ बाट निर्वाचित भए पनि देशभरका नागरिकको आवाज सम्बोधन गर्ने जिम्मेवारीमा रहेको अवगत गराउँदै उनले आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिदैं जाने बताए ।

संसदमा जिम्मेवारपूर्वक ढंगबाट काम गर्दै दलहरुबीच एकता कायम गरेर जानुपर्ने दायित्व आफैसँग भएको उनको भनाई थियो । सभामुख घिमिरेले सरकारले विधेयकहरु ल्याउँदा सरोकार पक्षहरुको पनि राय, सुझावका आधारमा ल्याउनुपर्ने धारणा व्यक्त गरे । सभामुख बनेको करिव ९ महिनाको अवधिमा आफूले गरेको अनुभव सुनाउँदै घिमिरेले ‘सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफलै नगरी ल्याउने गरेको’ बताए ।पछिल्लो समय अत्यधिक चर्चामा रहेको र सडक आन्दोलन नै भएको शिक्षा विधेयक ल्याउँदा पनि यही नियति दोहोरिएको आफूले जानकारी पाएको उनको भनाई छ । ‘अहिले नयाँ शिक्षा विधेयकले समस्या ल्याउनुको मुख्य कारण बिनाछलफल विधेयक तयार पारिएको कारण नै हो’ सभामुख घिमिरेले भने।

उनले अगाडि भने, ‘मैले आज मात्र शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेँ, उहाँहरुले बुझाएको ज्ञापनपत्र हेरेको छु। उहाँहरूको कुरा सुन्दा शिक्षा विधेयक छलफलबिना तयार पारिएको भन्ने थाहा हुन्छ।’

संसदले ऐन कानून बनाउँदा सरोकारवालाहरुसँग परामर्श हुनुपर्ने आवश्यकता दर्शाउँदै सभामुख घिमिरेले अब संसदमा टेबुल भएका सबै विधेयकमा गहिरो छलफल गराउने प्रतिबद्धता पनि व्यक्त गरे। छलफलबिना प्रस्तुत गरिएका विधेयकले समस्या समाधान गर्ने भन्दा बढाउने भएकाले संसदमा त्यसबारे गम्भीर छलफल गराउने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार