मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

वृद्धा विष्ट हत्या आरोपमा पाँचजना सार्वजनिक

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

झापा । विष्णुकुमारी विष्टको हत्यामा संलग्न पाँचजनाआरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड नगरपालिका–४ शिवनगर टोलकी ६७ वर्षीया वृद्धा विष्टको हत्या भएको २२ दिनपछि अपराधमा संलग्नलाई सार्वजनिक गरेको हो ।

 प्रहरीले घटनामा संलग्न बिर्तामोड–४ का २२ वर्षीय गङ्गाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आरोपित धनबहादुर चोरीको सामान किन्ने पसलका सञ्चालक हुन् भने घटनाका मुख्य योजनाकार गङ्गाप्रसादसहित चारजना विष्टका छिमेकी भएको जिल्लाका एसपी मिलन केसीले जानकारी दिए । अर्जुनधारा–६ का कामीको हनुमान सुन पसल भन्ने रहेको छ ।

त्यस्तै महेश घटनाका मतियार रहेको, गङ्गाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउन सहयोगी भएको र भगीरथ चोरीको सामान बेच्न सहयोगी रहेको एसपी केसीले बताए । उनीहरूको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत सुनका सामग्री बरामद गरिएको उनको भनाइ छ । राजवंशीले ट्युबवेलको छेउमा उक्त सुनका सामग्री माटोमा गाडेको अवस्थामा प्रहरीले भेटेको जनाएको छ ।

करिब तीन कठ्ठा जग्गामा कम्पाउन्ड गरेर एकतले घरमा छोरीको छोरा नातिसँग बस्दै आएकी विष्टको वैशाख २६ गते हत्या भएको थियो । विष्ट घरमा एक्लै भएको अवस्थामा उनी मृत भेटिएकी थिइन् । उनको रड तथा खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो ।

प्रहरीका अनुसार मृतकको शव भूइँमा रगतमा लत्पतिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो । एकल महिला विष्टका जेठा छोराको परिवार अमेरिका र कान्छो छोराको परिवार काठमाडौँमा बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै