मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक पक्राउ

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

झापा । ललितपुरको ग्वार्कोमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक पक्राउ परेका छन्। 

बुधबार राति ९: ५० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक पक्राउ परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

बा ३ ख ६६२१ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार सिराहा घर भई काठमाडौं कोटेश्वर बस्ने ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि ग्वार्कोको बिएण्डबी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति ११ बजे मृत्यु भएको थियाे। 

प्रहरीका अनुसार माेटरसाइकललाई ठक्कर दिएपछि टिपर फरार भएको थियो। प्रहरीले ग्वार्कोमा रहेको सिसिटिभीबाट उक्त टिपरको पहिचान गरेको थियो। टिपरको पहिचानपछि सिसिटिभी फुटेजकै आधारमा प्रहरीले टिपर चालक गोदावरी नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय छेइसाङ तामाङलाई पक्राउ गरेको हो। 

उनी गोदावरी क्षेत्रमै बस्थे। त्यहीँबाट प्रहरीले पक्राउ गरेको एसपी सुवेदीले बताए। प्रहरीले उनीमाथि थप अनुसन्‍धान अघि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार