मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

हचुमासा सामुदायिक वनको विवाद डिभिजन वन पुग्याे

देश प्रदेश डेस्क 5449+ समाचार ( )
११ पौष २०८१, बिहीबार

झापा झापाकाे एक सामूदायिक वनमा उत्पन्न विवाद डिभिजन वन कार्यालयमा पुगेकाे छ । उपभोक्ता समूहकी सचिव र लेखापालबाट आर्थिक कारोबारमा आशङ्का उब्जिएको भन्दै बढेको विवाद डिभिजन वन कार्यालय चन्द्रगढी पुगेकाे हाे ।

झापाको अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहकी सचिव प्रभा नेपाल र सह–सचिव एवम् लेखाको जिम्मेवारी पाएका देउकुमार नेम्वाङको विषयलाई लिएर केही दिनअघि स्थानीय सरकारका जनप्रतिनिधिहरूले लेखा शाखामा तालाबन्दी गरेका थिए । उपभोक्ता समूहकी सचिव नेपालले आर्थिक अनियमितता गरेको भन्दै अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत, अर्का जनप्रतिनिधि मदन मगरलगायतको टोलीले कार्यालयको लेखा शाखामा तालाबन्दी गरेको थियो ।

उत्पन्न विवाद समाधान नभएपछि डिभिजन वन कार्यालयमा पुगेको वडाअध्यक्ष बस्नेतले बताए । अबको सबै काम डिभिजन वनले हेर्ने उनले जानकारी दिए । लेखा शाखामा लगाइएको ताला यथावत् रहेको उनले फोन सम्पर्कमा भने । घटनापछि सचिव नेपालले दिएको राजीनामा स्वीकृत र सह–सचिव एवम् लेखाको जिम्मेवारी पाएका नेम्वाङलाई निलम्बन गरिएको समूहका अध्यक्ष चन्द्र प्रसाईंले बताए । समूहमा भएको सत्य–तथ्यका बारेमा पाँच दिनभित्र लिखित जवाफ माग गर्दै डिभिजन वनबाट समूहमा बुधबार पत्र आएको उनले बताए । 

सचिव नेपालले गत आर्थिक वर्ष २०८०/०८१ को असार ३१ गते १७ किवी काठ विना बिल आफैले लगेको आरोप छ । अनियमितताका बारेमा कुरा उठेपछि उनले ५० दिनपछि आर्थिक वर्ष २०८१/०८२ को भदौ २० गते त्यसको रकम जम्मा गरेकी थिइन् । सचिवले बिल नगरी काठ बिक्री गरेको घटना सार्वजनिक भएपछि वडाध्यक्ष बस्नेत नेतृत्वको टोलीले लेखा शाखामा ताला लगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार