मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

कोशी सरकारबाट बाहिरियो एमाले

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

झापा  कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो । शनिबार बिहान एमालेबाट मन्त्री बनेका दलका उपनेता राम रानाले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन । एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार नै सत्ताबाट बाहिरिने बताएका थिए। एमालेले केन्द्रको जस्तै प्रदेशमा गठबन्धनमा संलग्न नहुने जनाएको छ ।

एमालेका ३९ जना सांसदको समर्थनमा कार्की असोज २८ मा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका थिए । सरकार बनाउने अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार