मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

झापामा अनुमानित ४० प्रतिशत बाथ रोगका बिरामी

देश प्रदेश डेस्क 5492+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

झापा । झापामा बाथ रोगीका बिरामीहरुको सङ्ख्या अनुमानित ४० प्रतिशत रहेको आङ्कलन गरिएको छ ।
 बाथ रोग जोेड्नीको दुखाइ मात्र नभएर भित्री अङ्गलाइ असर गरिरहेपनि रोग पहिचान हुननसक्दा ज्यान समेत जाने गरेको चिकित्सकले जनाएका छन् ।

झापाकाे विर्तामाेडमा सञ्चालित कनकाइ हस्पिटलमा कार्यरत एक मात्र बाथ रोग विशेषज्ञ डाक्टर लवराज लोहनीका अनुसार बिरामीको जनचेतना अभावका कारण रोग निको नभएर जीवनभर दुःख पाइरहेको बताउँछन् । याे राेगकाे विषेशज्ञ जिल्लामा उनी मात्र रहेकाे बताए । अनुमानित ४० प्रतिशतको हाराहारिमा जिल्लामा बिरामी रहेको लोहनीले बताए । अस्पताल आउने बिरामीले बाथ रोगको डाक्टरलाइ देखाउने भनेर पहिलो पटक बिरामी पुर्जा नकाटिएको उनले बताए । जोड्नी दुख्ने बित्तिकै बाथ रोग चिकित्सकलाइ नदेखाइ अन्य विशेषज्ञकोमा जाने गरेको र पछि चेकजाँचबाट  चिकित्सक मार्फत बिरामी सम्पर्कमा आउने गरेको उनको भनाइ छ ।  बाथ रोगले जोर्नी,तन्तुलाई मात्रै हैन दीर्घकालमा फोक्सो मिर्गौलालाई समेत असर गर्ने उनको भनाइ छ ।

उनका अनुसार बाथ रोग यही कारणले भएको हो भन्ने यकिन तथ्य छैन । कहिलेकाहीँ यो वंशाणुगत कारणले पनि हुनसक्छ । बाथ रोग सयभन्दा बढी प्रकारका हुन्छन् । सबभन्दा बढी देखिने भनेको’रुमटर अर्थाइटिस’ र ’स्पन्डुला अर्थाइटिस’ हो ।
बच्चालाई हुने बाथ,ढाडसम्बन्धी बाथ,’सोराइटिक अर्थाइटिस’ लगायतका बाथहरू हने उनले बताए । सामान्यतया जोर्नीको दुखाइ , बिहानपख अरर हुने,आराम गर्दाखेरि बढी दुख्ने  हातका जोर्नीहरू सुन्निने, हातका जोर्नीहरू नीलो हुने अनि रातो सेतो खालको हुने,त्यस्तै शरीरको छाला कसिलो भएर आउने,कपाल धेरै झर्ने,मुखमा घाउ हुने,छालामा दाग आउने खालको अवस्थामा बाथ रोग भएको उनी बताउँछन् । बाथको औषधि रोगको प्रकृति अनुसार फरक हुने उनले बताए ।
अर्को आयुर्वेदिक औषधिका नाममा भ्रम पनि छ । आयुर्वेदिक औषधिको आफ्नै विशेषता छ तर जसमा नाम समेत लेखेको हुँदैन त्यस्ता औषधि नियमित प्रयोग गरेर झन् हानी गर्ने गरेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार