मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

बिर्तामोडमा करिव ३ सय जना राप्रपामा प्रवेश

देश प्रदेश डेस्क 5490+ समाचार ( )
६ माघ २०८०, शनिबार

झापा । नवीन राप्रपा कार्ययोजनाअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोडमा करिव ३ सय जनालाई पार्टी प्रवेश गराएको छ । विभिन्न पार्टी परित्याग गरी र कुनै पनि पार्टीमा नरहेकाहरुलाई आज बिर्तामोडमा एक कार्यक्रमका बीच राप्रपामा प्रवेश गराइएको हो ।

प्रवेश गर्नेहरुमा डा. गौरीशंकर झा, गुन्जन थापालगायत रहेका छन् । उनीहरुलाई पार्टी सदस्यता वितरण गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिर्तामोडमा एक प्रकारको नयाँ जागरण आएको बताए । उनले संगठनलाई व्यक्तिको घरदैलोसम्म पुर्याउन केही महिना अघिदेखि नवीन राप्रपा कार्ययोजना संचालन रहेको जानकारी दिए । त्यस योजनाका लागि पार्टीले केन्द्रीय सदस्य डी.बी. थापालाई भूगोल केन्द्रित गरेर बिर्तामोडमा खटाएको थियो । अध्यक्ष लिङ्देनले पार्टीमा परिवर्तनका केही संकेतहरु देखिएको बताउँदै अब राप्रपालाई अगाडि बढ्न कसैले पनि छेक्न नसक्ने चेतावनी दिए । ‘अरु पार्टीहरुले २०८४ को निर्वाचनलाई ताकिरहेका छन् ’ उनले भने,‘हामी २०८१ मै छिनोफानो गर्नेगरी लागेका छौं ।’ देश ओरालो लागेको, अर्थतन्त्र डामाडोल भएको,उद्योग धन्दा चौपट्ट भएको,रेमिटेन्सले देश चलिरहेको र वैदेशिक ऋण थपिरहेको अबस्थामा सरकार सुधारको प्रयत्न नगरी कमिशनमा लागेको उनले आरोप लगाए । ६ वर्षअघि रहेको ६ खर्ब वैदेशिक ऋण अहिले बढेर २४ खर्ब पुगेको भन्दै उनले यही आर्थिक वर्षमा २८ खर्ब पुग्न लागेकोमा चिन्ता व्यक्त गरे । प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ऋण सरकारले बोकाइदिएको अध्यक्ष लिङ्देनको भनाई थियो ।

राप्रपाका बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी स्थापनाका लागि योगदान दिने ४२ जना बृद्धबृद्धालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य डी.बी. थापा , जिल्ला सदस्य वेदप्रकाश अग्रवाल , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी जिल्ला अध्यक्ष शारदा रिजाल , राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठनका जिल्ला अध्यक्ष गोपाल गुरुङ, सम्मानित व्यक्तित्वहरु भद्रप्रसाद चुडाल , रत्नप्रसाद पोखरेललगायतले बोलेका थिए । नगर उपाध्यक्ष राजकुमार प्रसाईले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला सदस्य नवीन भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार