झापा / राष्ट्रको सुरक्षामा खटिने सशस्त्र प्रहरीका सिपाहीहरूको पसिना र उनीहरूका सन्तान पढ्ने विद्यालयको कोषमाथि एउटा जिम्मेवार अधिकारीले नै डकैती शैलीमा र्याल काढेको निकै लज्जास्पद तथ्य बाहिरिएको छ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जम्मा हुनुपर्ने ११ करोड रुपैयाँभन्दा बढी रकम संस्थाको नियम-कानुनलाई धज्जी उडाउँदै निजी स्वार्थका लागि सिधै ब्यापारिक कम्पनीको खातामा खन्याइएको रहस्य खुलेको हो।
यो गम्भीर वित्तीय अपराध र लुटधन्दाको पुष्टि भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले विद्यालयकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका प्रेमी एवं विवादास्पद व्यवसायी लीलाबहादुर लामा (टासी) लाई नियन्त्रणमा लिएर हिरासतमा कोचेको छ।