मुख्य समाचार
नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ | बिर्तामाेडबाट ५ किलाे गाजासहित दुइजना पक्राउ | ‘लु’ को जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक |

पताल गंगा साकोसका तत्कालीन अध्यक्ष खनाल पक्राउ, श्रीमती र भाई अझै फरार

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

झापा / पाँचजनाको परिवारका सदस्य मिलेर दुई करोडभन्दा बढी रकम हिनामिना गरी विगत दुई वर्षदेखि फरार रहेका पताल गंगा बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडका तत्कालीन अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।

बचतकर्ताको दुई करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ हिनामिना गरेर फरार रहेका खनाललाई प्रहरीले बिहीवार कैलालीको धनगढीबाट पक्राउ गरेको हो । तेहथुम सोल्मा गा.वि.स. वडा नं. १ जन्म भई पृथ्वीनगर गा.वि.स. वडा नं ६ भई हाल बिर्तामोड नगरपालिका वडा नं ४ मा डेरा गरी बस्ने ४१ वर्षीय रेवती खनाल फरार रहेकोमा बिहीवार जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट पक्राउ गरी शुक्रवार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उपस्थित गराएको डीएसपी विजय श्रेष्ठले बताए ।

तत्कालीन अध्यक्ष खनाल , उनकी श्रीमती, बहिनी , भाइ र मामा ससुरा गरी पाँचजनाले मिलेर सहकारीको रकम हिनामिना गरेका थिए । २०७८ भदौ २३ गते अपचलन भएपछि पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष टंकप्रसाद भेट्वालले २ करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ विगो कायम गरी उनीहरुमाथि २०७८ कात्तिक १६ गते जाहेरी दिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

तर जिल्ला सरकारी वकिल कार्यालयमा २०७१ कात्तिक ४ गते मिसिल पेश भएको थियो । अदालतबाट भने २०७९ मंसिर १४ गते म्याद जारी भएको थियो । अदालतबाट म्याद जारी भएपछि तत्कालीन अध्यक्ष खनालकी बहिनी पृथ्वीनगर गा.वि.स. वडा नं. ६ जन्मस्थान भई हाल बिर्तामोड नगरपालिका वडा नं २ स्वर्गद्वारी टोल बस्ने ३६ वर्षीया गोमा खनाल (भण्डारी) २०७९ कात्तिक २५ गते पक्राउ परेकी थिइन् । अनुसन्धानपश्चात् अदालतको आदेशले १ लाख ५० हजार रुपैयाँ धरौटी राखी उनी तारिखमा छुटेकी थिइन् ।

त्यस्तै खनालका मामा ससुरा बिर्तामोड घर भई हाल भद्रपुर नगरपालिका वडा नं ८ बस्ने ५१ वर्षीय अनन्त जीवन लुईटेल तत्काल फरार रहेकोमा पछि अदालतमा आफै उपस्थित भई ७५ हजार रुपैयाँ धरौटी राखी तारेखमा छुटेका थिए ।

तर खनालकी श्रीमती तेह्रथुम सोल्मा गा.वि.स. वडा नं १ जन्म भई पृथ्वीनगर गा.वि.स. वडा नं ६ मा बस्ने ४४ वर्षीया कमलादेवी भट्टराई (खनाल) र खनालका भाइ तेहथुम सोल्मा गा.वि.स. वडा नं १ जन्म भई पृथ्वीनगर गा.वि.स. वडा नं ६ मा बस्ने ३६ वर्षीय सिताराम खनाल हालसम्म फरार रहेका छन् । पक्राउ परेका तत्कालीन अध्यक्ष खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार