मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापामा ट्याक्टर र माेटरसाइकल ठाेकिँदा माेटरसाइकलमा सवार तीनमध्ये बाबु छाेरीकाे मृत्यु

देश प्रदेश डेस्क 5493+ समाचार ( )
५ आषाढ २०८३, शुक्रबार

झापा । ट्याक्टर र माेटरसाइकल ठाेकिँदा माेटरसाइकलमा सवार तीनमध्ये बाबु छाेरीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मोटरसाइकल चालक .झापा गा.पा.  ३ बस्ने बर्ष २० को समिर अली र निजको छोरी बर्ष ५ की हाजिरा खातुन रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार  शुक्रबार दिउँसाे १२:०० बजे समयमा जिल्ला झापा कनकाई न.पा.५ तुलसीवारी स्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापा बजार तर्फ जादै गरेको मे.४प ५८५ नं. को मो.सा. र खेत जोतेर सडकमा निक्लदै गरेको मे.१त ७४०४ नं. को ट्याक्टर एकआपसमा ठक्कर खाई दुर्घटना भएकाे थियाे । घटनामा  समिर छाेरी हाजिरा र  निजकै आमा बर्ष ४५ की नुरेश सादेवी समेत तिन जना घाईते भएका थिए ।

घाइतेलाइ  कन्काई अस्पताल सुरुङ्गा पठाईएकोमा उक्त अस्पतालमा पुग्न साथ डाक्टरले चेकजाँच गर्दा  समिर र हाजिरा खातुनलाई मृत घोषणा गरेको, नुरेश सादेवीको अवस्था गम्भिर भएकोले थप उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाईएको छ । 

घटनामा मोटरसाइकल , ट्याक्टर र ट्याक्टरका चालक  कनकाई ५ का बर्ष ४६ को चक्रबहादुर तामाङ नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार