मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा अस्ताउँदो सूर्यलाइ अघ्र्य दिइयाे

देश प्रदेश डेस्क 5450+ समाचार ( )
११ कार्तिक २०८२, सोमबार

झापा नेपाल–भारत सीमावर्ती मेची नदीसहित झापाका विभिन्न नदी तथा खोला किनारमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाइ अघ्र्य दिएका छन् । जिल्लाका मेचीसहित बिरीङ, मावा, कमल, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ लगायतका नदी तथा खोला किनारहरूमा उनीहरुले अस्ताउँदै गरेको सूर्यलाइ अघ्र्य दिएका हुन् । सोमबार बेलुका अस्ताउँदो र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर  छठ पर्व सम्पन्न हुनेछ ।  
 जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देशका व्रतालु परिवार एउटै स्थल बनाएर छठ मनाउँदै आइरहेको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले बताए ।
भद्रपुर– ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरसम्म अन्दाजी ५ हजार घाट निर्माण गरिएको छ । मसानघाट पूर्व नदी किनारमा भारतीय नागरिकले पूजा स्थल बनाएर छन् ।  
उता बिरिङ खोलामा यस वर्ष १७५ वटा घाट रहेको छ । गत वर्ष १५४ वटा घाट रहेका थिए । व्रतालुहरूको सङ्ख्या थपिएपछि यस वर्ष २१ वटा घाट थप्नु परेको श्री छठ समाज सेवा समितिकी अध्यक्ष सङ्गीता रौनियारले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार