मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

बिर्तामाेडका पूर्व नगर प्रमुख शिवाकोटीकाे बकपत्र मङ्गलबारबाट सुरू हुने

देश प्रदेश डेस्क 5450+ समाचार ( )
११ चैत्र २०८१, सोमबार

झापा सक्कली मिशिल उच्च अदालत इलाममा लगिएकाले बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीकाे बकपत्र आज हुन सकेन। सक्कल मिशिल नभएका कारण आज बकपत्र हुन नसकेकाे हाे ।

कारागार चलानको अदालती आदेशपछि पनि करिब तीन महिनादेखि बीएण्डसी अस्पतालमै रहेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख  शिवाकोटीलाई आज अदालतमा पेश गरिएको थियाे ।

बकपत्रका लागि उनलाई बीएण्डसी अस्पतालबाट झापा जिल्ला अदालत लगिएको हो । सक्कली मिशिल झिकाएर भोलिदेखि बकपत्र शुरु गरिने अदालतका श्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए । झापा जिल्ला अदालतले थुनामा राख्न दिएको आदेशविरुद्ध शिवाकोटीले उच्च अदालत इलाममा पुनरावेदन दिएका थिए । उच्च अदालतले चैत ७ गते सक्कली मिशिल पेश गर्न आदेश दिएपछि चैत ८ गते लगेर बुझाइएको थियो

गत पुस २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । आदेशमा अस्वस्थ्य रहेका शिवाकोटीको उपचारको व्यवस्था मिलाउनसमेत भनिएको थियो । त्यही आदेशबमोजिम झापा कारागारले उनलाई बीएण्डसी अस्पतालमा रहेर उपचार गर्न दिएको हो ।

उनको स्वास्थ्यमा धेरै सुधार आएकाले केही दिनअघि झापा कारागारका प्रमुख रेवन्त भट्टराईले कारागार पठाउने बताएका थिए । तर अझैसम्म उनलाई बीएण्डसी अस्पतालमै राखिएको छ ।

घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख शिवाकोटी गत मंसिर २४ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार