मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

रास्वपाद्वारा नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई मंगलबार र बुधबार अभिमुखीकरण गर्ने भएको छ।

अभिमुखीकरण मंगलबार बिहान १० बजे रोयल टुलिप होटल ग्वार्कोमा सुरू हुनेछ।

रास्वपाले आवासीय अभिमुखीकरण गर्न लागेको बताएको छ। नवनिर्वाचित सांसदहरूलाई आचारसंहिता जारी गर्दै कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरेको बताएको छ।

कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरिएको, परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न भनिएको पार्टीले जानकारी दिएको छ।

सहभागीलाई छाडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ, चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सहभागीकै जिम्मेवारी हुने रास्वपाले बताएको छ।

सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन जारी गरिएको र पोशाक व्यवसायिक क्याजुअल लगाउनुपर्ने उल्लेख छ।

अभिमुखीकरणको समापनमा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार