मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


झापामा एक वर्षमा छ सय ९१ क्युविक फिट काठ बरामद

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१५ श्रावण २०८१, मङ्गलबार

                                                                                                                                 फायल फाेटाे

झापा गत आर्थिक वर्ष २०८०/०८१ को एकवर्षको अवधिमा जिल्लाका अलग अलग स्थानबाट छ सय ९१ क्युविक फिट अवैध काठ बरामद गरेको छ । यस वापत ४० लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व जम्मा भएको कार्यालयले जनाएको छ । त्यसमा प्रयोग भएका सातवटा सवारी साधन र त्यसमा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको प्रहरीको अभिलेखले देखाएको छ ।

जुन परिमाण यस अघिको आर्थिक वर्ष २०७९/०८० को तुलनामा निक्कै कम हो । त्यो वर्ष प्रहरीले ९७ लाख ९४ हजार आठ सय दशरुपैयाँ मुल्य बराबरको दुईहजार चारसय ७२ क्युविक फिट काठ बरामद गरेको जनाएको छ । त्यसमा संलग्न १७ जना मानिस र २९ वटा सवारी साधनसमेत त्यो अवधिमा प्रहरीले नियन्त्रणमा लिएको थियो । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा प्रहरीले ४० लाख ५७ हजार पाँचसय ३६ रुपैयँँ मुल्य बराबरको एकहजार दुईसय ६८ क्युविक फिट काठ बरामद गरेको अभिलेख प्रहरीसँग छ । १२ जना मानिस र १३ वटा सवारी साधन त्यसवर्ष प्रहरीले नियन्त्रणमा लिइएको थियो । राती र विहानको समयमा काठ तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी टोली खटाएर काठ पक्राउ गरिएको कार्यालयको भनाई छ । सम्भावित काठ तस्करी रोक्न सुरक्षाकर्मी प्रभावकारी परिचालन गरिएको थियो ।

इलामका वनजंगलबाट अवैध रूपमा काटिने रुख चिरान गरेर वा गोलिया आकारमै काठ झापातिर तस्करी हुने गरेको वन अधिकारीहरुको भनाई छ । झापासँग सिमाना जोडिएको इलामका सीमावर्ती वन क्षेत्रबाट तस्करी गरी ल्याइएको अवैध काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीले बरामद गर्ने गरेका छन् ।

प्रहरीले सवैभन्दा बढी असोज महिनामा २ सय २२ क्यू.वि. काठ , त्यसमा प्रयोग भएको दुईवटा सवारी साधन र त्यसमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । त्यस वापत १३ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । भदौंमा ३४ क्युविक फिट काठ बरामद हुँदा त्यस वापत १० लाख रुपैयाँ राजस्व जम्मा भएको कार्यालयको अभिलेखले देखाएको छ । भदौंमा अबैधरुपमा कामको काम गर्ने १ जना पुरुष र एउटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

श्रावण महिनामा २ सय १९ क्युविक फिट काठ, २ वटा सवारी साधन र ४ जना मानिस पक्राउ परेका थिए । बरामद काठबाट ७ लाख ७६ हजार ८० रुपैयाँ राजस्व जम्मा भएको थियो । मंसिरमा ९४ क्युविक फिट काठ २ वटा सवारी साधन र २ जना मानिस पक्राउ हुँदा २ लाख २४ हजार रुपैयाँ राजस्व जम्मा भएको छ । पुस महिनामा १५ क्युविक फिट काठ बरामद गर्दा ३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने चैत महिनामा ३४ क्युविक फिट काठ नियन्त्रणमा लिदा १ लाख २७ हजार तथा बैशाख महिनामा ७३ क्युविक फिट काठ एउटा सवारी साधन बरामद हुँदा २ लाख १९ हजार ४ सय २० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । जेठ र असारमहिनामा झापाबाट काठको अवैध धन्दा शुन्य छ ।

प्रहरीले बरामद सवै काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा पठाउने गरेको छ । जिल्लामा बेला–बेला काठ तस्करी र अवैध ओसार–पसारका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । इलाम र झापा खुल्ला सिमाना भएको क्षेत्र भएकाले काठ तस्करी हुँदैआएको प्रहरीको भनाई छ । केहीवर्षअघिमात्र सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ठुलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको थियो ।

मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो । ट्याक्टरमा लोड गरी लैजाँदै गरेको साल जातको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्न साथ ट्याक्टर छाडेर भागेका थिए । त्यसपछि कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा फेला परेको थियो । ३ जेठमा इलामका चुरे क्षेत्रमा रहेका वनबाट चोरी तस्करी गरी माई खोलामा बगाएर ल्याउँदै गरेको काठ झापाको दोमुखामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसअघि गत बैशाख १५ गते माई खोलामा त्यसरी नै बगाएर ल्याउँदै गरेको चोरीको काठ प्रहरीले बरामद गरेको थियो । ट्युबमाथि काठ राखेर माई खोलाको पानीमा बगाएर इलामबाट काठ चोरी गरी झापातर्फ ल्याउने क्रम प्रहरीको भनाई छ । केही समययता सक्रिय देखिएको अवैध काठ चोरी तस्करी कात्तिक, माघ र फागुनमा शुन्य छ । खासगरी भित्रि मधेस र चुरे क्षेत्रका सामुदायिक र सरकारी वन क्षेत्रबाट दिनहुँ अवैध काठ चोरी निकासी हुने गरेको बताईएको छ । अवैध काठ चोरी मुद्धामा वन ऐन,२०४९ अनुसार कानुनी कारवाही गरिने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै