मुख्य समाचार
ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि |

नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने

देश प्रदेश डेस्क 5438+ समाचार ( )
१४ चैत्र २०८१, बिहीबार

 नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिए।

आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए। जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा राखे । उनले नेकपा एमाले, नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताए । जादुमयी नम्बर, राजावादी र प्रतिगामीहरु मुलुकको विकल्प हुन नसक्ने उनकाे दावी छ । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उनको ठहर छ ।

नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्वहरुले मुलुकमा अवाञ्छित गतिविधिहरु गरेको आरोप छ ।

बृहत जनसभामा २ हजार स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको छ । जनसभामा नेकपा (एमाले) का नेता, कार्यकर्ता र सदस्यहरु परिचालित हुने जानकारी दिए । जनसभा तयारीका लागि नेता राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार