मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

५० ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

देश प्रदेश डेस्क 5437+ समाचार ( )
११ भाद्र २०८०, सोमबार

झापा झापा गाउँपालिकाबाट प्रतिबन्धित  लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मोरङ जिल्ला उर्लाबारी नगरपालिका-७ का २७ वर्षीय विनोद लिम्बू, सोही नगरपालिका-१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह नगरपालिका -४ का २५ वर्षीय सन्देश लिम्बू रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।

झापा-१ बेलायतीबारीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दिपेन्द्रमणि राईको कमान्डमा खटिएको सशस्त्र प्रहरीले टोलीले आइतबार राती सवा ९ बजेको समयमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने ५० ग्राम लिसाइलो पदार्थ, तीन थान मोबाइल र नगद ५१ हजार ८८५ रुपैयाँ फेला परेको थियो ।

सशस्त्रले  प्रदेश १-०२-०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकल, ब्राउन सुगर र नगदसहित पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि  नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार