मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भद्रपुरको कैलाशेश्वर मन्दिरलाई ३१ लाख ६० हजारको दान प्राप्त

देश प्रदेश डेस्क 5416+ समाचार ( )
११ जेठ २०८२, शनिबार

झापा भद्रपुर ९ प्रकाशपुर स्थित कैलाशेश्वर शिव पञ्चायन मन्दिर परिसरमा बैशाख १६ देखि २४ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महापुराणबाट ३१ लाख ६० हजार ९५८ रूपैया आम्दानी भएको छ भने ७ लाख ७७ हजार ७७२ रूपैयाँ खर्च भएको सार्वजनिक गरिएको छ ।

पुराण आयोजक समितिले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विवरण अनुसार २३ लाख ८३ हजार १८६ रूपैयाँ खर्च कटाएर बचत भएको जानकारी दिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पुराण मूल आयोजक समितिका अध्यक्ष चुडामणि मैनालीको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सरोकारवाला राखेर पुराणको आम्दानी खर्च सार्वजनिक गरिएको थियो ।

अध्यक्ष मैनालीले मन्दिर संञ्चालनार्थ अक्षय कोष खडा गर्न पुराण आयोजना भएको बताउँदै खर्च कटाएर बचेको सवै रकम उद्देश्य अनुरूप परिचालन गरिने जनाएकाे छ ।

कोषाध्यक्ष गोपालप्रसाद श्रेष्ठले आय - व्यय सार्वजनिक गरेको कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, भद्रपुर १० का कार्यबाहक वडाध्यक्ष तुलसी पोखरेल, दुर्गामाता उपासना समितिका सचिव हरिकिशोर आचार्य लगायतले मन्तव्य राख्दै सार्वजनिक पुराणबाट आएको रकम लक्ष्य अनुकुल पारदर्शी तरिकाले खर्च गर्ने बानी बसाल्दा मितव्ययिता हुने धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका सहसचिव राजन न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार