मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

ठमेलमा प्रहरी माथि कुटपिट, एमाले विद्यार्थी नेताहरू पक्राउ

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२७ माघ २०८१, आइतबार

काठमाडौंको ठमेलमा दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्ने दिनेश सिग्देल र रमेश फुलारालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरू दुवै जना नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुका नेताहरू हुन्। यस घटनामा थप व्यक्तिहरू फरार छन्।

उनीहरूले बिहीबार मध्यराति क्युआरटी (क्विक रेस्पोन्स टिम)को रूपमा खटिएका दुई जनामाथि कुटपिट भएको हो।

प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्ट मोटरसाइकलमा खटिएका थिए। उनीहरू काठमाडौं महानगर-२७ ज्याठास्थित छायाँ सेन्टर अगाडि राउण्ड अपका लागि पुगेका थिए।

त्यतिबेला ६/७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका थिए। प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो।

टपिट गर्नेहरू अस्कल क्याम्पस पढ्ने विद्यार्थीहरू रहेको खुलेको छ। प्रहरीले सिसिटिभीको माध्यमबाट खोजी गरिरहेको छ। 

कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट र दायाँ गाला सुन्निएको थियो। यस्तै जवान विष्टको दायाँ आँखामुनि सुन्निएको थियो।

क्युआरटी मोटरसाइकलको हेल्मेट, बत्ती र लेगगार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार