मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

राँगा र बोका चोरेर बेच्न लाग्दा दुई पक्राउ

देश प्रदेश डेस्क 5192+ समाचार ( )
१६ आषाढ २०८२, सोमबार

अर्काको घरबाट राँगा र बोका चोरी गरेर खुदुनाबारीमा बेच्न लाग्दा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा वडा नं.७ बस्ने २२ वर्षीय सेवन्त चौधरी र सोही ठाउँ बस्ने २० वर्षीय राजकुमार चौधरी रहेका छन् ।

हिजो बिहानको राति कन्काई वडा नं.८ बस्ने ५७ वर्षीया लक्ष्मीमाया लिम्बूको गोठमा बाँधेको एउटा राँगा चोरी भएको थियो । त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी हुनसाथ इप्रका बिर्तामोडबाट प्रहरी टोली खटिनुको साथै मातहत समेतबाट टोली परिचालन भई खोजतलास शुरु गरिएको थियो ।

त्यसक्रममा हिजो मध्यान्ह अर्जुनधारा वडा नं.१ खुदुनाबारीस्थित साप्ताहिक पशुबजारमा हराएको राँगा बेचबिखनका लागि बाँधेको अबस्थामा फेला परेको थियो । राँगा समातिरहेका चौधरीद्वयलाई शङ्कास्पद लागेर अस्थायी प्रहरी चौकी खुदुनाबारीमा राखेर सोधपुछ तथा अनुसन्धान गर्दा उनीहरुले सो राँगा चोरी गरी ल्याएको बताएका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा असार ७ गते अर्जुनधारा वडा नं.७ बस्ने विवेक तामाङको घरबाट समेत बोका चोरी गरी ल्याई बिक्री गरेको उनीहरुले बताएका थिए । चोरी भएको बोका खरिद गर्ने सोही ठाउँ बस्ने धनबहादुर थकालको घरबाट सो बोका बरामद भएको छ ।

दुवै चौपाया सम्बन्धित धनीलाई बुझाई चोरीको दुवै घटनामा संलग्न उनीहरुलाई पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै