मुख्य समाचार
सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने | सम्पन्न नेतृत्वबीच जनहितको परीक्षा : पारदर्शिता र उत्तरदायित्वको आवश्यकता |

मेचीनगरमा वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सञ्जाल गठन

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१८ आषाढ २०८१, मङ्गलबार

झापा झापाको मेचीनगरमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको नगर सञ्जाल गठन गरिएको छ । सुरक्षीत आप्रवासन(सामी) कार्यक्रम झापाले मङ्गलबार मेचीनगरमा आयोजना गरेको नगर सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रममा समिति गठन गरेको हो ।
सामीले यसअघि भद्रपुर र दमकमा सञ्जाल गठन गरिसकेको जनाएको छ । मेचीनगर भित्र रहेका पन्ध्र वटा वडाबाट एकजनाका दरले प्रतिनिधित्व हुनेगरी  अनिल शिवाकोटीको अध्यक्षतामा पन्ध्र सदस्यसहितको नगर सञ्जाल समिति गठन गरेको छ  ।
गठित समितिको ,उपाध्यक्षमा दिनानाथ खतिवडा,सचिव रविन राउत ,सहसचिवमा कोषराज भट्टराई र बुद्धिमता अधिकारी कोषाध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मनोज कटवाल, शोभा खड्का , पर्शुराम गिरी , दर्पण भण्डारी , बेदनाथ घिमिरे , लिला कट्टेल, राजकुमार घिमिरे र युवराज कटवाल रहेका छन् । बाँकी दुइ सदस्य समितिले मनाेनयन गर्ने जनाइएकाे छ ।
 गठित समितिले नगर भित्र वैदेशिक रोजगारीका विषयमा विभिन्न प्रकारका सुचना तथा परामर्श गरी जनचेतना फैलाउने सामी परियोजना झापाका कार्यक्रम संयोजक शेखर बुढाथोकीले बताए । समिति नभएका कारण देखिएका समस्या सम्बन्धीत  निकायमा पुर्याउन नसक्दा समाधान नहुने विषयलाइ ध्यानमा राखी अब समिति मार्फत वैदेशिक रोजगारका बारेमा जानकारी पाउन सजिलो भएको उनले जनाए ।
कार्यक्रममा मेचीनगर रेमी कार्यक्रमका  राेजगार परामर्श कर्ता फणीन्द्र प्रसाद दाहालले वैदेशिक रोजगारको वर्तमान अवस्था,सवाल,समाधानका उपायहरु,सरोकारवाला निकाय जिम्मेवारी र नवीनतम जानकारीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
जिल्लाका नगरपालिकामध्ये भद्रपुर, दमक,मेचीनगर र गौरीगञ्ज गाउँपालिकामा सामी परियोजना सञ्चालन भइरहेको संयोजक वुढाथोकीले जनाए । सञ्जाल गठनमा गौरीगञ्ज गाउँपालिका बाँकी रहेको उनले बताए ।

सामाजिक विकास शाखा समिति संयोजक ह्दयचन्द्र राजवंशीको अध्यक्षता तथा नगर प्रमुख गोपाल चन्द्र वुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक विकास शाखाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रसाद वस्तीले स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण सामी संयोजक बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार