मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

होटल व्यवसायमा भारतीय पर्यटक मुख्य आधार बन्दै

देश प्रदेश डेस्क 5336+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

बाँकेमा अर्बौँ लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् । 

पछिल्लो पटक यहाँ सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल व्यवसायलाई चलायमान बनाएको होटल एशोसियन (हान) बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताए । उनले भारतीय पर्यटकको नेपालमा सहज आगमन र सत्कारमा ध्यान दिन सके होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।  

होटल व्यवसायी सङ्घका अध्यक्ष रङ्गबहादुर खड्काले बाँकेमा होटल व्यवसायमा लगानी बढ्दै गइरहेको बताउँदै अब पर्यटकको बसाइ लम्ब्याउने उपायतिर सरकारी स्तरबाट पनि पहल हुनु जरुरी रहेको बताए । 

“अहिले भारतीय पर्यटक नै बाँकेका होटल व्यवसायका लागि मुख्य आधार बनेको छ”, उनले भने, “पर्यटकलाई स्थानीय प्रशासनले सहयोगी भूमिकाभन्दा दुःख दिने नियत राख्दा समस्या हुने गरेकाले यसमा ध्यान दिन जरुरी छ ।” होटल व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै अध्यक्ष खड्काले राज्यले होटल व्यवसायीलाई अभिभावकका रूपमा व्यवहार गर्न आग्रह गरे । उनले सरकारले पर्यटनलाई उद्योगका रूपमा बचाउ गर्न नसकेको र विनियोजित बजेट पनि अनावश्यक क्षेत्रमा खर्च भइरहेको गुनासो गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले स्थानीय सरकारले होटल व्यवसायको विकासका लागि सहयोगी नीति निर्माणका लागि पहल गर्ने बताए । उनले नगरको सौन्दर्यकरणमार्फत पर्यटकलाई आकर्षण गर्ने योजनाअनुसार काम गरिरहेको उल्लेख गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार