मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

झापा । विशेष अदालतले यातायात व्यवस्था कार्यालय, सुकेधाराका तत्कालीन प्रमुख एवं उपसचिव सुन्दर भट्टराईलाई गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र श्रेष्ठको इजलासले भट्टराईलाई गैरकानूनी सम्पत्ति जोडेकोमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनलाई ३ महिना कैद हुने फैसला गरेको छ । भट्टराईले १४ लाख ७४ हजार गैरकानूनी आर्जन गरेको ठहर गरेको हो । अख्तियारले यसअघि नै उनीमाथि गैरकानूनी रूपमा लाइसेन्स जारी गरेको आरोप लगाएको थियो ।

विशेष अदालतले भट्टराईको १४ लाख ७४ हजार रुपैयाँ जफत गरी थप त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । अख्तियारले भने उनीमाथि एक करोड १५ लाख गैरकानूनी आर्जन गरेको आरोप लगाएको थियो ।

भट्टराईले २ करोड ६६ लाख रुपैयाँमात्रै आर्जन गरेकोमा २ करोड ८१ लाख रुपैयाँको स्रोत देखिएको विशेषको रायकिताबमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार