मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

कोशीको सभामुखमा राप्रपाका विष्टले दाबी गर्ने

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२ पौष २०८०, सोमबार

झापा । कोशी प्रदेशको सभामुखमा राप्रपाले प्रमुख सचेतक तथा केन्द्रीय सदस्य अमरबहादुर विष्टलाई अघि सार्ने भएको छ ।

कोशी प्रदेशसभा सचिवालयले सभामुख चयनको तयारी थालिरहँदा राप्रपाले सो पदमा दावी गर्दै विष्टलाई अगाडि सार्ने निर्णय गरेको हो । । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुख पद राप्रपाले लिने छलफल भइरहेको बताएका छन् । ‘राप्रपाको ६ जना मात्रै प्रदेश सांसद रहे पनि हामीले सभामुख लिएको अवस्थामा सर्वसम्मत नै हुने अवस्था छ,’ उनले भने, ‘सभामुख पदमा प्रमुख सचेतक तथा राप्रपाका केन्द्रीय सदस्य अमरबहादुर विष्टलाई अघि सार्ने निर्णय भइसकेको छ ।’ सिटौलाले राप्रपाले सभामुख र एउटा संसदीय समितिको सभापति लिएर प्रदेश सरकारलाई साथ दिने राप्रपाको तयारी रहेको बताएका हुन् ।

उपसभामुख सिर्जना दनुवारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग सभामुख चयनका लागि छलफल सुरु गरेको बताएकी छन् । आउँदो पुष ४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने तयारीमा प्रदेशसभा सचिवालय जुटेको हो ।

उपसभामुख दनुवारले कार्यव्यवस्था परामर्श समितिमा सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति भएकोले अब दलहरुका नेतासँग छलफल गरेर प्रक्रिया अघि बढाउने तयारी गरेको बताइन् ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले राप्रपालाई प्रदेशसभामा जिम्मेवारी दिन एमाले तयार रहेको बताएका छन् । उनले एमाले वा राप्रपामध्ये एउटा दलले सभामुख र अर्को दलले उपसभामुखको जिम्मेवारी लिएर प्रदेशसभाको नेतृत्व गर्ने बताएका हुन् ।

प्रदेशसभा गठन भएपछि पुष २८ गते सभामुख पदमा निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते पदबाट राजीनामा दिएका थिए । उनी कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकार गठनका लागि बहुमत पुर्याउन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा सभामुख पदबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले सभामुख पदबाट राजीनामा दिएदेखि उपसभामुख दनुवारले प्रदेशसभा सम्हाल्दै आएकी छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा(५) अनुसार कांग्रेसका ८ विद्रोही प्रदेश सांसद र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्की राप्रपाको साथ लिएर सदनमा बलियो उपस्थिति जनाउने तयारीमा छन् । उनले पनि राप्रपालाई सभामुख र एउटा संसदीय समितिको सभापति दिएर साथ लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार