मुख्य समाचार
वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक | बाढीले उठिबास लगाएकालाई नयाँ थलो खोज्दै सरकार | ७ वर्षको ग्यारेन्टी, ७ महिनामै खुइलियो रङ : बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको कडा झट्का | सरकारी गाडी चढेर क्यासिनो पुगे अध्यक्ष, इन्स्पेक्टरसहित ८ जना पक्राउ | युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ | भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक |

जिल्ला निर्वाचन कार्यालय झापामा मतदाता नामावली संकलन शुरु

देश प्रदेश डेस्क 5432+ समाचार ( )
११ अशोज २०८२, शनिबार

झापा / आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य शुरु गरेको छ ।

हिजो पहिलो दिन ५६ जनाले मतदाता नामावली दर्ता गरेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । नेपालले दैनिक ४०० जनाको हाराहारीमा नामावली संकलन गर्नेगरी व्यवस्थापन गरिएको जानकारी दिए । २०८१ चैत मसान्तसम्म झापामा ६ लाख ७७ हजार मतदाता रहेको तथ्यांक छ ।

निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने भएको हो ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ । तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार