मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

झापामा करेन्ट लागेर तीनजनाको मृत्यु

देश प्रदेश डेस्क 5188+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

 झापामा एक सातामा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । दुईजनाको करेन्ट लगाएर माछा मार्दा र एकजनाको पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । लापरवाही र असावधानीका कारण झापामा धेरैजनाले करेन्टबाट ज्यान गुमाउनु परिरहेको हो ।

आज बिहान ८ः३० बजे कनकाई नगरपालिका वडा नं. १ स्थित खहरे खोलामा सोही ठाउँ बस्ने ३७ वर्षीय पंकज माझीले बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएको छ ।

तीन दिनअघि झापामा करेन्ट लगाएर माछा मार्दा अर्का व्यक्तिले पनि अकालमै ज्यान गुमाएका थिए । गत बुधवार दिउँसो २ बजे कमल गाउँपालिका –३ खानेपानी टोल बस्ने २१ वर्षीय उज्वल राईले सोही ठाउँमा रहेको ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारको लागि लाईफलाईन अस्पताल दमकमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै भदौ २ गते मेचीनगर नगरपालिका ५ भेटघाट चौक बस्ने २२ वर्षीय संदिप राजवंशीले आफ्नै घरको टेवल पंखा बिग्रेर मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो ।

भदौको एक साताभित्र करेन्ट लागेर तीनजनाले ज्यान गुमाउँदा गत साउन महिनामा पाँचजनाको मृत्यु भएको थियो । गत वर्ष झापामा करेन्ट लागेर १५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै