मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

मिक्लाजुङमा सहारा नेपालका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने महिला फरार

देश प्रदेश डेस्क 5450+ समाचार ( )
३१ आषाढ २०८२, मङ्गलबार

झापा / माेरङकाेे मिक्लाजुङमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने महिलाहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी परेपछि उनीहरु फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी पर्नासाथ पक्राउ गर्न प्रहरी टोली खटाइएको थियाे । हिजोदेखि प्रहरी टोली परिचालन गरिएपनि ती दुई महिला फेला नपरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रन्जन बरालले बताए ।

आइतवार दिउँसो करिव १ बजे सहारा नेपाल साकोसको मधुमल्ला सेवाकेन्द्र प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेलाई मिक्लाजुङ गाउँपालिका वडा न २ रचना टोल बस्ने दुर्गामाया लिम्बू र माया मगरले दुर्व्यवहार गरेका हुन् । कागजपत्र तयार गरी घरमै कर्जा नवीकरण गर्न बोलाएका ती महिलाले सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाइदिएका थिए ।

साथै सेवा केन्द्र प्रमुखलाई हातपात गरी भिडियो बनाई सामाजिक संजालमार्फत कर्मचारीको चरित्र हत्या गरेका थिए । जुन भिडियो अहिले भाइरल बनेको छ ।

सहारा नेपाल र एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले प्रेस विज्ञप्ति जारी गरी यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम हदैसम्म कारबाही गर्न साथै भिडियो सामाजिक संजालमा अपलोड गरी चरित्र हत्या गर्नेलाई समेत कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको लागि प्रशासनसमक्ष जोडदार माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार