मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

प्रहरी हिरासतमा लागुऔषध मुद्दाका थुनुवाको मृत्यु

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा लागुऔषध मुद्दामा पक्राउ परेका ३५ वर्षीय गंगे सुनार रहेका छन्।

प्रहरीका अनुसार, सुनारलाई शुक्रबार बिहान करिब ६ बजे सँगै सुत्ने साथीले उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएका थिए। तत्काल प्रहरीलाई खबर भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याएको आधादेखि एक घण्टाभित्र चिकित्सकहरूले सुनारलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।

सुनार ७८ दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका थिए। प्रहरीका अनुसार, उनी लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी थिए र नियमित औषधी सेवन गरिरहेका थिए।

संयोगवश, आजै सुनारको मुद्दाको अदालतमा अन्तिम सुनुवाइ (फाइनल हियरिङ) तय भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार