मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |
मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |


कोशी प्रदेशमा ८ थान साना हतियार, २६ थान गोली बरामद र १६ मानिस पक्राउ

देश प्रदेश डेस्क 5495+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

झापा । सुनसरीको देवानगञ्जमा सोमबार साँझ तीन राउन्ड गोली चल्यो । गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र  रविनकुमार यादव घाइते भए । घाइतेमध्ये शिवकुमारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीका अनुसार उनको पेटमा गोली लागेको छ । हाल उनी विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारत छन् । गोली चलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । देवानगञ्ज–१ का २७ वर्षीय रविनकुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादवलाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनीहरूलाई मङ्गलबार दिउँसो मोरङको विराटनगरबाट पक्राउ गरेर सुनसरी ल्याएको एसपी तिम्सिनाले बताए । ‘देवानगञ्जमा चोली चलाएको घटनामा ५ जनाको संलग्नता पाइएको छ । दुईजना पक्राउ परेका छन् । अझै तीन जना फरार छन् ।’

गोली चलाउने कामेश्वर यादव रहेको प्रहरी स्रोत बताउँछ । फरार कामेश्वर भारततिर भागेको प्रहरीको अनुमान छ । आर्थिक लेनदेनको कारण गोली चलाएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए । ‘अहिले आर्थिक लेनदेन देखिएको छ । अनुसन्धानपछि विस्तृतमा जानकारी आउनेछ’–एसपी तिम्सिनाले भने । पक्राउ परेका रविन यसअघि पनि विभिन्न मुद्दामा जोडिएका व्यक्ति हुन् । एक महिनाअगाडि लागूऔषध मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका प्रतिवादी हुन् । गोली चलाउने र घाइते साथी रहेको प्रहरीले जनाएको छ । 

साना हतियार सदैव प्रहरीको लागि टाउको दुखाइको विषय बन्दै आएको छ । मोरङ प्रहरीले यसअघि गत भदौ १४ गते पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्बापोलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो । घरको कोठाको र्याकभित्र पुरानो अवस्थाको ‘नन् वर्किङ’ कटुवा पेस्तोल भेटिएको थियो । उनले पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएका थिए भन्नेबारे खुलेको छैन । सुरक्षा निकायले पटक–पटक साना हतियार बरामद गर्नु र गोली प्रहारको घटना बढ्नुले साना हतियारको चुनौती बढेको पुष्टि हुन्छ । 

साना हतियार प्रयोग गरी व्यक्ति हत्या, लुटपाट, चोरी, डकैतीका घटनाहरू हुँदै आएका छन् । नेपालमा घटना घटाएर अपराधमा संलग्नहरू लुक्नका लागि भारततर्फ जाने गरेका छन् । साना हतियार भारतीय बजारमा खरिद गर्न पाइने प्रहरी बताउँछ । जानकारका अनुसार सीमाक्षेत्रका बजारमा भारतीय रुपैयाँ २ हजारदेखि माथि साना हतियार कारोबार हुने गरेको छ । सुरक्षा स्रोतका अनुसार १५ हजार भारुसम्म राम्रा साना हतियार खरिद गर्न पाइन्छ ।

‘अहिले पनि बिहारको केही स्थानमा खुलेआम साना हतियारको खरिदबिक्री हुन्छ’–जानकारले भने । तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा आपराधिक घटनामा साना हतियारको प्रयोग व्यापक हुने गरेको यसअघिका घटनाक्रमले पुष्टि गरेको छ । कोशी प्रदेशमा चालु आर्थिक वर्षको चैतसम्म भारतबाट ल्याएका ८ थान साना हतियार बरामद गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा देखिन्छ । यस्तै २६ थान गोली बरामद भएको छ । हालसम्म अवैध हतियारमा संलग्न १६ जना पक्राउ परेका छन् । 

उनीहरूविरुद्ध हातहतियार खरखजाना मुद्दा लगाइएको छ । जसमध्ये सबैभन्दा बढी सुनसरीमा साना हतियारसहित मानसि पक्राउ परेका छन् । सुनसरीमा ४ वटा साना हतियारसहित १८ थान गोली बरामद भएको छ भने ९ जना पक्राउ परेका छन् । सुनसरीपछि मोरङमा साना हतियार र गोली बरामद भएको छ । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा तीनवटा साना हतियार, तीन गोली र पाँच जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजन अधिकारीले साना हतियारले सुरक्षा चुनौती थपेको बताए ।

‘खुला सीमा छ । चोरबाटो हुँदै राति अपराधमा संलग्नहरू ओहोर–दोहोर गर्छन्’ उनले भने, ‘भ्याएसम्म जाँच र पक्राउ कार्य जारी छ ।’ उनका अनुसार सीमाक्षेत्रमा शङ्कास्पद व्यक्तिको खानतलासी र निगरानी बढाउन निर्देशन दिइएको छ । प्रहरीले पनि साना हतियार ओसारपसार रोक्न निगरानी बढाइरहेको उनले बताए । ‘आन्तरिक रूपमा गस्ती पनि छ । चुनौती थपिएको छ । खुला सिमानाबाट हतियार आउनसक्ने अवस्था छ । चुनौतीलाई मध्यनगर गरेर कतिपय पक्राउ गरिएको छ’–उनले भने ।ब्लाष्ट दैनिकबाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार