मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

भद्रपुरका पुर्व उपमेयर सवार कारले २ जनालाई ठक्कर दिएर भाग्ने क्रममा स्थानीयले समाते

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

झापा भद्रपुर नगरका पुर्व उपमेयर सवार कारले दुइजना स्थानीयलाइ ठक्कर दिएर घाईते बनाएकाे छ । भद्रपुर वडा नं ३ आपगाछीमा भएको कार दुर्घटनामा १ बर्षको नाबालक बच्चा र बच्चाको फुपुलाई सिकिस्त घाईते बनाई कारमा सवार भद्रपुरका पुर्व उप मेयर र उनका श्रीमान (चालक)ले दुर्घटना गरेर फरार हुने क्रममा स्थानीयले झापा चाेकमा बाईकले छेकेर पक्रन सफल भएका छन् ।

उनीहरूलाइ प्र१-०१००१ च ७६६४ नम्बरकाे कारले ठककर दिएकाे थियाे । वनियानीबाट भद्रपुर तर्फ आउँदै गरेकाे कारले मगलबार राति साढे ९ बजे  स्थानीय ३७ वर्षिया सङ्गीता मगर र साेही स्थान वस्ने कमल मगरका १ वर्षिय छाेरा पुसप मगरले बाटाे काटदै गर्दा ठक्कर दिँदा घाइते भएका थिए । घटनापछि वडा प्रहरी कार्यालय भद्रपुरबाट गएकाे प्रहरी टाेलीले प्रारम्भिक अनुसन्धान गर्दा भद्रपुर ८ का ६२ वर्षिय चालक दुर्गाराजभण्डारीकाे सवारी चालक अनुमति पत्र नभएकाे पाइएकाे प्रहरीले जनाएकाे छ । घटनामा सङ्गीताकाे कुमकाे हडडी भाँचिएकाे अन्य वाहिर चाेट नदेखिएकाे छ भने पुसपकाे टाउकाेमा चाेट लागेकाे जनाइएकाे छ । उनीहरूकाे भद्रपुर स्थित अाेम साइ पाथीभरा अस्पतालमा उपचार भइरहेकाे छ भने कार र चालक वडा प्रहरी कार्यालयले नियन्त्रणामा लिएकाे छ ।

यता दुर्घटनाका विषयमा लक्ष्मण बस्नेतले सामजिक सञ्जालमा यसरी भनेका छन् । स्थानीय जिम्मेवार ब्यक्तिले दुर्घटना गराएर भाग्नुपर्ने हो कि नाबालक बिरामीहरुलाई चाडै अस्पताल पुर्याउनु पर्ने हो ? मानवता भन्ने चिज पनि त हुन्छ नि ! दुर्घटना जानी जानी हुदैन् र गरिदैन तर ,दुर्घटना गराएपछि अस्पताल चाडै पुर्याउने उपचार गर्ने दायित्व , कर्तब्यबाट कोहि कसैले पनि उम्कन र भाग्न हुदैन र पाईदैन् । जिम्मेवार बनौ ! सचेत नागरिकको कर्तब्य पुरा गरौ !! । कार नियन्त्रणमा लिएपछि जानकारी लिदा कार जाेगाउन भागेकाे भन्ने जवाफ दिएकाे वुझिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार