मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

काभ्रेमा दम्पतीको हत्या, छुट्टाछुट्टै कोठामा भेटियो शव

देश प्रदेश डेस्क 5450+ समाचार ( )
९ जेठ २०८१, बुधवार

झापा । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ ।

हत्या हुनेमा महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीको शव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको हत्या भएको देखिन्छ । तर कसले किन हत्या गर्‍यो अहिलेसम्म केही खुलेको छैन’ डीएसपी श्रेष्ठले भने ।

डीएसपी श्रेष्ठका अनुसार उक्त घरमा उनीहरु दुई जना मात्रै बस्दै आएका थिए । ढोका खुल्ला रहेको अवस्थामा शव भेटिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी फोक्सिङटार, इलाका प्रहरी कार्यालय देवीटारको टोलीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार राति नै उनीहरुको हत्या भएको हुनसक्ने बताइएको छ । मंगलबार दिउँसो स्थानीय ठाकुर पूजामा सहाभागी नभएपछि घरमा गएर उनीहरु दुबै जना मृत भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै