मुख्य समाचार
पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग |

झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१ आषाढ २०८३, सोमबार

झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन हुन थालेको पाइएको छ । लागूऔषध कारोबारीहरूले प्रयोगकर्ताहरूलाई सामान बन्धक राखेर लागूऔषध सेवन गर्न दिने गरेको घटना खुलेको छ । नगद नहुँदा मोबाइल फोन, घडी , गरगहना, मोटरसाइकलजस्ता सामान राखेर कारोबारीहरूले लागूऔषध दिने गरेको खुल्न आएको छ । सामान बन्धक राखेर प्रयोगकर्ताहरूलाई लागूऔषध दिने गरेका दुईजना कारोबारी हिजो शिवसताक्षीमा पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका-७ बस्ने वर्ष ४० का सुरज ढकाल र सोही ठाउँ बस्ने वर्ष ३१ का संदिपहाङ लिङदेन पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्लास्टिकबाहेक १२ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र नगद १ लाख १ हजार ९००, विभिन्न कम्पनीका २१ थान मोबाइल र २ वटा घडी फेला परेको थियो । ती सामानहरू प्रयोगकर्ताहरूले लागूऔषध सेवन गर्न उनीहरूलाई बन्धक राखेको खुल्न आएको छ ।

बन्धक राखिएका मोबाइलमा दुईवटा आइफोन रहेका छन् । पाँच सयदेखि पाँच हजारसम्मको लागूऔषध लिनका लागि ती मोबाइल राखेको हुनसक्ने अनुमान गरिएको छ । सामान बन्धक राख्ने व्यक्ति को को हुन् र के कति लागूऔषधमा राखेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । यसअघि झापाका एक जना युवकले लागू औषधकै लागि जग्गा धितो बन्धक राखेको घटना पनि रहेको एक जना प्रहरी अधिकृतले बताए ।

झापामा लागू औषधसहित दुई दिनमा ४१ जना पक्राउ परेका छन् । जेठ ३० र ३१ गते जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकडभिट्टा तथा मातहत कार्यालयबाट खटिएका प्रहरी टोलीले विभिन्न स्थानहरूमा स्वीप अपरेशन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेका हुन् । शङ्कास्पद अवस्थामा हिँडडुल गर्ने लागूऔषध सेवनकर्ता ३५ जना र प्रतिबन्धित औषधिसहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । लागूऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार