मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

आईफोन उपहारको आश गर्दा करिब आधा करोड रकम ठगीमा

देश प्रदेश डेस्क 5449+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

काठमाडौं ‘आईफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोकाअनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आईफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे।

उक्त जानकारीपछि आईफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए। झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए।

त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए।

“तपाईँ लक्की हुनुभएको छ, तपाईँले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ, हामी आइफोन पठाउँदैछौँ, कष्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ”, भनेर पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायले बताए।

प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरुबाट रु.४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ। उनीहरुको साथबाट रु. ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिमकार्ड र १२ थान एटिएम कार्डसमेत बरामद गरिएको छ।

उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार