मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ भाद्र २०८३, बिहीबार

रसुवागढी नाका बाढीका कारण प्रभावित हुनुका साथै चीनले तातोपानी नाका बन्द गरेपछि कोरला नाकाबाट आयात बढ्ने सम्भावना देखिएको छ। त्यसलाई ध्यानमा राख्दै कोरला भन्सार कार्यालयले थप कर्मचारी, प्रविधि तथा पूर्वाधार माग गरेको छ।

हाल कोरला भन्सारमा १८ जनाको दरबन्दी भए पनि ११ जना मात्रै कार्यरत छन्। कार्यालयले थप ४ जना अधिकृत र ६ जना नायब सुब्बाको दरबन्दी माग गरेको छ।

त्यस्तै, कोरला नाकामै क्वारेन्टाइन र अध्यागमन कार्यालय स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको छ। विशेषगरी चीनको केरुङमा रोकिएका सामान कोरला हुँदै नेपाल भित्रिँदा क्वारेन्टाइन जाँच यहीँ गर्न सके व्यवसायीलाई सहज हुने बताइएको छ।

रसुवागढीबाट नेपाल ल्याउन लोड गरिएका १७५ कन्टेनर सामान कोरला नाकातर्फ डाइभर्ट हुने बताइएको छ। अहिले कोरलाबाट दैनिक करिब १०–१५ कन्टेनर सामान आयात भइरहेको छ।

आर्थिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा कोरला नाकाबाट रु. ५८ करोड ८७ लाख बराबरको सामान आयात भएको छ। गत आर्थिक वर्षमा भने करिब रु. १४ अर्ब ४० करोड बराबरको सामान आयात भएको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार