मुख्य समाचार
बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा | एसईई नतिजामा ठूलो गडबडी : ५ प्रतिशतभन्दा बढी विद्यार्थीको अंक फेरियो | जनहितकारी सहकारी झापाकाे दक्षिणी क्षेत्रमै एउटा उदाहरणीय |

बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न

देश प्रदेश डेस्क 5183+ समाचार ( )
२९ जेठ २०८३, शुक्रबार

नेपाल र भारतबीच सीमा विवादको प्रसंग उठिरहेका बेला नेपाल र भारतका अधिकारीहरुबीच सीमासम्बन्धी संयुक्त बैठक झापाको बिर्तामोडमा सम्पन्न भएको छ । बैठकमा पूर्वी नेपालको झापा ,इलाम , पाँचथर र ताप्लेजुङको भारतसँग जोडिएको सीमाका बारेमा छलफल भएको थियो । सीमामा रहेका पिल्लरहरु के कति भत्किएका छन् र के कति मर्मत भएका छन् भन्ने विषयमा दुवै देशका अधिकारीहरूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फिल्डमा खटिएका टिमहरूले ३ महिनाको अवधिमा निर्माण र मर्मत गरेका पिल्लरका बारेमा बैठकमा विवरण प्रस्तुत गरिएको कार्यक्रममा सहभागी एक सुरक्षा अधिकारीले बताए । सीमामा रहेका पिल्लरहरुको रिपेयर र कन्स्ट्रक्सनका विषयमा बैठकमा प्रोग्रेस रिपोर्ट पेश गरिएको नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवले बताए । सीमा स्तम्भ मर्मतका विषयमा नियमित रुपमा यस किसिमको संयुक्त बैठक बस्दै आएको छ ।

नापी विभाग सीमा शाखा काठमाडौँको आयोजनामा बिर्तामोडको किङ्सबेरी होटलको सभा हलमा नेपाल भारत सीमासम्बन्धी द्विपक्षीय फिल्ड कार्य अन्तर्गतको फिल्ड सर्भे मिटिङ सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले बताए ।

बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारीहरू तेजप्रकाश प्रसाईँ , अञ्जन न्यौपाने , झापा जिल्लाका नापी अधिकृत शिवप्रसाद लम्साल, झापाका डिभिजन वन अधिकृत नथुनी गोहीयारी यादव,सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी , झापाका प्रहरी उपरीक्षक वसुन्धरा खड्का , इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण, ढकाल ,इलामका प्रहरी उपरीक्षक कुलदीप चन्द, इलामका सशस्त्र प्रहरी नायव उपरीक्षक हेम पौडेल , इलामका डिभिजन वन अधिकृत राजकुमार खत्री , इलामका सहायक अनुसन्धान अधिकृत सुशान्त बराल , इलामका सशस्त्र प्रहरी उपरीक्षक केशवराज प्याकुरेल ,ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई ,ताप्लेजुङका कार्यवाहक डिभिजन वन अधिकृत ललितकुमार यादव, ताप्लेजुङका प्रहरी नायव उपरीक्षक उमेश जोशी , ताप्लेजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक , पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल , पाँचथरका प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाईँ , पाँचथरका प्रहरी नायव उपरीक्षक अनिशकुमार कर्ण ,पाँचथरका डिभिजन वन अधिकृत पशुपति दाहाल ,पाँचथरका सशस्त्र प्रहरी नायव उपरीक्षक चिरञ्जीवी प्रसाईँ सहभागी रहेका थिए ।

त्यस्तै सीमा सम्बन्धी भारतीय उच्च अधिकारीहरू पनि सहभागी रहेका थिए । भारत बिहार राज्य किशनगन्ज जिल्लाका डिष्ट्रिक मजिस्ट्रेट विशाल राज, एसएसबीका १९औँ बटालियनका कमान्डेन्ट योगेशकुमार सैनी, एसएसबीका ३६औँ बटालियन कमान्डेन्ट सञ्जीव कुमार, उप कमान्डेन्ट अभिजित दास , एसएसबीका ८औँ बटालियनका कमान्डेन्ट वसन्त सामी, सर्वेक्षक अधिकृत सन्तोष प्रसाद, सर्वेक्षक अधिकृत हिमाद्री शेखर चक्रवर्तीलगायतको सहभागिता रहेको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार