मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य राष्ट्रिय सभामा निर्वाचित

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१२ माघ २०८२, आइतबार

झापा / कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । 

दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल सात हजार ४२३ मतसहित निर्वाचित भएका छन् । पोर्तेलले सूर्य चिन्हमा प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी खेमराज सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ गरी कुल दुई हजार ३७ मत प्राप्त गरे। 

त्यस्तै, महिलातर्फ गठबन्धनकै रोशनी मेचे सात हजार १७३ मतसहित निर्वाचित भएकी छिन भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी नमिता न्यौपानेले दुई हजार २६८ मत प्राप्त गरेकी थिइन् ।

कोशी प्रदेशसभा अन्तरगत ८७ सांसदले मतदान गरेकोमा महिलातर्फ सूर्य चिह्नमा ६४ र तारा चिह्नमा २२ मत परेको थियो भने स्थानीय तहतर्फ सूर्य चिह्नमा १९९ र तारा चिह्नमा ५८ मत प्राप्त भएको थियो। निर्वाचनमा दुवैतर्फ एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच अन्य समूहतर्फ नेपाली कांग्रेसका सुनिल थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो ।

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले भने मत बढाएका छन् । नेकपासँग १५८५ मत रहेको भएपनि दुवै उम्मेदवारले दुई हजार भन्दा बढी मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार