मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

प्रेममा विश्वास घात भएपछि हत्या

देश प्रदेश डेस्क 5336+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा धरान उपमहानगरपालिका वडा नम्बर -१८ स्थित जङ्गलको खोल्सीमा  मृत अवस्थामा भेटिएकी सुमनालाई उनकै प्रेमी सबिन भन्ने (बाबुराम  भुजेल )ले   हत्यामा गरेको  खुलेको छ।

 धरान उपमहानगरपालिका वडा नम्बर - १६ बस्ने बर्ष १९ का  सबिन भन्ने बाबुराम भुजेल  र मृतक सुमना श्रेष्ठबीच करीब २ बर्ष देखि फेसबुक मार्फत  चिनजान भएर  प्रेम सम्बन्ध  भएको  प्रहरीले जानकारी दिएको छ।

गत पौष महिना देखि  सुमनाले धरानमा रहेको  ग्लोबल ओरियन्समा काम गर्ने क्रममा उक्त कम्पनीमा काम गर्ने प्रदिप श्रेष्ठसंग नजिक हुन थालेको र एउटै फेसबुक आईडी समेत चलाएको  बाबुराम भुजेल थाहाँ पाएको  र गत चैत २ गतेबाट सबिन भन्ने (बाबुराम) भुजेल काम गर्ने क्रमा धनकुटाको मुलघाट गएर बसेपछि निज बिच झनै प्रेम सम्बन्धमा बिग्रीदै गएकाले  प्रेममा आफुलाई धोका दिएको हुनाले  निजले हत्या  सुमनाको हत्या गरेको स्वीकार गरेका छन्।

चैत ६ गते निजले सुमाना श्रेष्ठलाई भेट्न धनकुटा बाट धरान आएका थिए। उक्त साझँ भेटघाट गरी आफ्नै स्कुटरमा सुमना श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउदैं दुबै जना घटनास्थल पुगेको   निजहरु बिच फेसबुको प्रयोगको बिषयलाई लिएर विवाद भएपछि निज बाबुराम भुजेलले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अभियुक्त सबिन भन्ने बाबुराम भुजेललाई चैत  ९ गते सुनसरी जिल्ला अदालतमा ७ दिनको  म्याद  थप गरि ईलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धानका लागि राखिएको छ। प्रयोग गरेको एक थान मोबाइलसमेत बरामद गरिएको छ।  

हत्यारा बाबुराम भुजेललाई धनकुटा  नगरपालिका वडा नम्बर- ९  स्थित मुलघाटमा लुकिछुपी बसेको  अवस्थामा  पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख  विपिन रेग्मीले  बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार