मुख्य समाचार
अस्पतालकाे स्वामित्वमा रहेकाे जग्गा हटाउने प्रक्रिया सुरु | रूद्राक्ष र सखुवा जातको काठसहित विजय पक्राउ | फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै | एकैपटक झापाका दशजना इन्स्पेक्टरको सरूवा | छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ | हल्दिवारी २ को भुसुडी खोला नियन्त्रणमा हचुवाको भरमा बजेट खर्च | देशकाे आर्थिक भार कम गर्न निर्वाचन आयाेगकाे प्रस्ताव | प्रहरी भनेर धम्क्याउँदै लुटपाटमा संलग्न मेचीनगरका दुई जना पक्राउ | स्थानीय शासन र सुशासनको धज्जी उडाउदै कचनकवल गाउँपालिका | रास्वपा मधेश अधिवेशन: विधिको कुरा गर्ने पार्टीभित्रै कुटाकुट र तालाबन्दीको श्रृंखला, अधिकांश जिल्लामा प्रक्रिया ठप्प |

१० दिन अघिदेखि बेपत्ता एक बालकको शनिबार शव फेला

देश प्रदेश डेस्क 5178+ समाचार ( )
२६ माघ २०८१, शनिबार

बाराको जितपुर सिमरास्थित मामाघरबाट १० दिन अघिदेखि बेपत्ता रौतहटका एक बालकको शनिबार शव फेला परेको छ । रौतहटको दुर्गा भवानी गाउँपालिका-१ का ३ वर्षीय हंस चौधरीको शनिबार दिउँसो शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको शव वीरगन्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा स्थित कियासोती खोलामा डुबेको अवस्थामा फेला परेको बताए । बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको  प्रयोग गरेको थियो।

बेपत्ता बालक बारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । त्यसै गरी बारा संसदीय क्षेत्र ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसनाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भए पनि पोस्टमार्टम रिपोर्ट आएपछि विस्तृत खुल्ने जानकारी दिएका छन्। मृतक बालक रौतहट दुर्गा भगवती १ का रितेश जैसवालका छोरा थिए। उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार