मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापाका एउटै पालिका दुई वडा सदस्यहरुबीचको असफल प्रेम कहानी बिष सेवनसम्म पुग्याे

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२१ माघ २०८१, सोमबार

                                                                                                         साङ्केतिक तस्वीर

झापा । झापाका एउटै पालिका दुई वडा सदस्यहरुबीचको असफल प्रेम कहानीको भाइरल घटनालाई लुकाउन खोजिएको छ । एउटै पार्टीबाट निर्वाचित एउटै वडाका खुल्ला वडा सदस्यले धोका दिएको भन्दै दलित महिला सदस्यले सामाजिक सञ्जालमा दुवैको फोटोसहितको स्ट्याटस लेखेर विष सेवन गरेको घटना लुकाउन खोजिएको हो ।

विष सेवन गर्ने ती दलित महिला सदस्यलाई फेसबुकबाट त्यो स्ट्याटस हटाउन लगाइएको छ । विष सेवन गरेकी गम्भीर अवस्थाकी ती दलित महिला सदस्यलाई अस्पताल भर्ना गरिएको थियो । उपचारपछि उनलाई आज घर ल्याइएको छ । दुवै वडा सदस्य विवाहित हुन् । दुवैबीच अवैध सम्बन्ध बनेको थियो । दलित महिला सदस्यका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने खुल्ला सदस्यका घरमा श्रीमती र छोरा छन् ।

विष सेवन गर्नुअघि ती दलित महिला सदस्यले सामाजिक सञ्जालमा यस्तो स्ट्याटस लेखेकी थिइन् , ‘मलाई फकाइयो र मलाई दुई तीन वर्षसम्म मायाको नाटक गरेर तपाईँको इच्छा पूरा गर्नुभयो । ठिक छ, त्यसपछाडि मैले पनि तपाईँलाई माया गर्न थालेँ। तपाईँले पनि मलाई अथाह माया गर्नुभयो तर पनि तपाईँले म अर्काको बुढी तपाईँ अर्काको बुढा हुनुहुन्थ्यो। त्यही भएर समस्या आयो । त्यो समस्या आउने पनि थिएन तर तपाईँले छिट्टै बेवास्ता गर्नुभयो। वार्डमा आउँदा नबोल्ने अनि हप्काउने, धम्काउने गर्नुभयो । तँ कसको उचालेकोमा लागेकी छेस् भन्दै गालीगलौज गरियो। तर विश्वास पनि म कसैको उचालेकोमा पनि लागेको थिइनँ ।जब कि तपाईँ र मेरो कुराहरू सुनिसकेपछि मलाई मेरो बुढाले पनि छोडिसकेको थियो। अनि बाँकी कुरा रह्यो मलाई विदेश पठाउने । हेरचाह म आफै गर्छु भनेर भन्नुभएको थियो। त्यही भएकोले गर्दाखेरि अब तपाईँलाई समस्या आयो तपाईँलाई समस्या आइसकेपछि तपाईँको बुढी अब मलाई हेर्न दिएन ।मलाई हेर्न नदिएपछि सम्झौतामै कागजहरू‘।। । ’

पहिला माया गरेर पछि ती खुल्ला वडा सदस्यले बेवास्ता गरेपछि आफूले आत्महत्या गर्न लागेको उनले उल्लेख गरेकी छन् । ती दलित महिला सदस्यको उपचार खर्च सम्बन्धित पालिकाले बेहोरेको बताइएको छ । बिरामी ठिक भएर आइसकेपछि आत्महत्याको प्रयास गर्नुपर्ने कारणबारे खोजी गरेर धोका दिने वडा सदस्यकहाँ जाने पीडित दलित महिला सदस्यका एक आफन्तले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार