मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीप दुर्घटना

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

झापा ।  थानकोटबाट चित्लाङ हुँदै हेटौडा  जाँदै गरेको जीप दुर्घटनामा परेको छ ।

बिहीबार बिहान साढे ९ बजेतिर चन्द्रागिरी नगरपालिका–४ थानकोटस्थित कालो होल भन्ने ठाउँमा ना १ ज ६२६१ नम्बरको जीप दुर्घटनामा परेको हो । उक्त जीप काठमाडौंबाट चित्लाङ हुँदै हेटौडा जाँदै थियो ।

उकालोमा तान्न नसकेपछि यात्रु झारेर हाँकेको बेलामा दुर्घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उकालो चढाउने क्रममा जीप पछाडि सरेर सडकबाट करिब ५० मिटर तल खसेको एसपी अधिकारीले बताए । जीपमा ११ जना सवार भए पनि सबैलाई झारेर उकालो चढाउन लाग्दा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार