मुख्य समाचार
रूद्राक्ष र सखुवा जातको काठसहित विजय पक्राउ | फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै | एकैपटक झापाका दशजना इन्स्पेक्टरको सरूवा | छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ | हल्दिवारी २ को भुसुडी खोला नियन्त्रणमा हचुवाको भरमा बजेट खर्च | देशकाे आर्थिक भार कम गर्न निर्वाचन आयाेगकाे प्रस्ताव | प्रहरी भनेर धम्क्याउँदै लुटपाटमा संलग्न मेचीनगरका दुई जना पक्राउ | स्थानीय शासन र सुशासनको धज्जी उडाउदै कचनकवल गाउँपालिका | रास्वपा मधेश अधिवेशन: विधिको कुरा गर्ने पार्टीभित्रै कुटाकुट र तालाबन्दीको श्रृंखला, अधिकांश जिल्लामा प्रक्रिया ठप्प | भुटानमा भूकम्प जाँदा पूर्वी नेपालमा पनि धक्का, फिलिपिन्समा शक्तिशाली भूकम्प |

क्रान्तिको सङ्कल्प गर्ने बेला आयो : प्रचण्ड

देश प्रदेश डेस्क 5177+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

उनले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरूलाई समाजवादी क्रान्तिकै तयारीको रूपमा बुझ्न पनि कार्यकर्ताहरूलाई आग्रह गरे । ‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौँ’, उनले भने, ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरू गरिरहेका छौँ, यो हामीले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला हो ।’

जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई विरोधीले नपत्याएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिको रूपमा स्थापित हुन सफल भएको बताए । ‘पछिल्लो शान्तिकालमा हामी कतै लरबरायौँ, अलिकति सुधारवाद र उदारवादमा हरायौँ, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाल्यो’, उनले भने, ‘तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौँ, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, वामपन्थ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने सङ्कल्प गरेका छौँ, यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको सङ्कल्प हो ।’

शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिस्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ताहरू बढी नै दायाँतिर ढल्कन थालेको यथार्थ बोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको उनले स्पष्ट गरे ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार