मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

डिल्लीराज माविमा अनियमितता, अख्तियारमा उजुरी

देश प्रदेश डेस्क 5408+ समाचार ( )
१ पौष २०८०, आइतबार

झापा झापा गाउँपालिका-४ स्थित डिल्लीराज माविमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिनका लागि पालिकालाई पत्राचार गरेको छ।

विशेष स्रोतका अनुसार राय सहितको छानबिन प्रतिवेदन पठाइदिन अख्तियार दुरुपयोग अनुसन्धानले झापा गाउँपालिकालाई अनुरोध गरेको हो। आयोगले यस कार्यालयमा भएको उजुरीका आधारमा छानबिनको सिलसिलामा पत्र लेखेको जनाउँदै डिल्लीराज माध्यमिक विद्यालयका  प्रधानाध्यापकसमेतको मिलेमतोमा विद्यार्थीहरू अनुपस्थित भएता पनि दैनिक हाजिर खातामा हाजिर गरी रकम भुक्तानी लिइरहेको भन्ने समेतको सम्बन्धमा के कसो भएको भए गरेको हो ? उक्त उल्लेखित विषयहरूको सम्बन्धमा अधिकृत स्तरसहितको कर्मचारीबाट स्थलगत रुपमा छानबिन गरी अनिवार्य रुपमा राय प्रतिक्रिया सहितको प्रतिवेदन लगायतका प्रमाणित कागजातहरू समेत १५ दिन भित्र अनिवार्य उपलब्ध गराइदिन गाउँपालिकालाई गत मङ्सिर २४ को निर्णयअनुसार पत्राचार गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदकले डिल्लीराज माविका विषयमा १६ बुँदे उजुरी हालेका छन् । जसमा २०७६/०७७ पछि वीरेन्द्रप्रसाद गुप्ता प्रधानाध्यापक भएपछि कयौँ कुराहरूमा अनियमितता भएको उल्लेख गरेका छन् ।

बालबालिका शिक्षकका रुपमा सो विद्यालयमै कार्यरत प्रअ गुप्ताकी पत्नी ज्योति कुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिनमा पनि स्वयम् प्रधानाध्यापकले किर्ते हस्ताक्षर गरी हाजिरी गरेर पदीय दुरुपयोग गरेको, बजार मूल्य भन्दा बढी मूल्यको बिल भौचर तयार पारी विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि भनी खरिद गरिएका कमसल स्तरका डेक्स, बेन्च, पङ्खा, पोडियम, इन्टरएक्टिभ बोर्ड, प्रोजेक्टर, स्मार्ट बोर्ड, सिसिटिभी क्यामेरा, टेबल, कार्पेट, सोफा, स्यानिटाइजर, फिल्टर, ट्वाइलेटका सामानमा अनावश्यक रुपमा भ्रष्टाचार गरेको लगायतका १६ बुँदे उजुरी दायर गरिएको छ।प्रधानाध्यापक गुप्ताले विद्यालयका प्राय सबै गतिविधि ,प्रशासनिक काममा अनियमितता गरेको आरोप उजुरीमा उल्लेख छ।

यता यस विषयमा विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले अख्तियारमा गरिएको उजुरीका विषयमा अब गरिने छानबिनमा पूर्ण सहयोग गर्ने बताए। आफू माथि लगाइएको आरोप निराधार रहेको भन्दै छानबिन समितिलाई पूर्ण सहयोग गर्ने उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार