मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

सरकारले तिहारमा चिनी अभाव हुन नदिने

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

झापा सरकारले तिहारमा चिनी अभाव हुन नदिने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुरक्षा निकाय प्रमुख तथा वाणिज्य विभागका महानिर्देशक लगायतसँग छलफलपछि उद्योगहरूबाट बजारमा चिनी आउने भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को निर्देशन अनुरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरूसँग अवैध ढंगले भित्रिएको तथा उद्योगहरूले बजारमा नपठाएको चिनी अनुगमन गर्ने विषयमा छलफल गरेका थिए।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनी अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए।

हाल अवैध ढंगले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको सूचनाका आधारमा आवश्यक कारबाही गर्ने विषयमा बैठकमा छलफल भएको थियो।

यसका साथै नेपाली उद्योगहरूले आमउपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी आपूर्ति गर्नुको साटो कतिपय ठूला उद्योगलाई आपूर्ति गर्न गोदाममा राखेकाले उक्त चिनी बजारमा ल्याउने विषयमा समेत छलफल भएको थियो।

वाणिज्य विभागको तथ्यांक अनुसार, नेपालमा उत्पादन हुने चिनीको सत्तरी प्रतिशत चिनी विभिन्न पेय पदार्थ, मिठाइ, चकलेट, विस्कुट लगायतका उद्योगहरूमा आपूर्ति हुन्छ।

बिहीबारको बैठकमा नेपाल प्रहरीले सबै चिनी उद्योगको भण्डारण तथ्यांक जाँच गर्ने तथा सोका आधारमा बजारमा चिनी पठाउन उद्योगीहरूसँग छलफल गरिने निर्णय भएको छ।

हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने पनि सुनिश्चित गरिएको छ।

नेपाल साल्ट ट्रेडिङले शुक्रबार नै उक्त चिनी खरिद गरी खुद्रा उपभोक्तामार्फत बजारमा ल्याउनेछ। साल्ट ट्रेडिङसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात छ।

चिनी उद्योगहरूको भण्डार तथ्यांकका आधारमा आमउपभोक्ताको माग पूर्ति गर्न बजारमा चिनी पठाउन समन्वय गरिने र अनुगमन समेत तीव्र पारिने भएको छ। 

हाल कतिपय पसलले एक सय साठी रूपैयाँ खुद्रा मूल्य तोकी चिनी बिक्री गरिरहेको सूचना समेत प्राप्त भएकाले त्यसमा समेत विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले उपत्यकाका सबै प्रहरी वृत्तलाई विशेष निर्देशन दिइसकेको छ।

यसका साथै अवैध ढंगले भित्रिएको या गोदाममा थन्किएको चिनीको शुक्रबारदेखि नै व्यापक अनुगमन गर्ने समेत निर्णय भएको छ।

नेपाल प्रहरीले अवैध ढंगले चिनी लुकाएको सूचना भएमा प्रदान गर्न अपील गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार