मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

काठमाडाैं महानगरकाे कार्यपालिका बैठक बस्दै, प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि सहभागी हुने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ आषाढ २०८२, शुक्रबार

झापा / काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन् ।

उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले लगातार छलफल गरेपछि मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदामा राखेर कार्यपालिका बैठक बोलाउने पक्षमा थिए, तर शुक्रबार भने प्रमुख प्रशासकीय अधिकृत गुरागाइलाई सँगै राखेर बैठक बस्न बालेन तयार भएका मेयर बालेनको सचिवालयले जनाएको छ।

काठमाडौं महानगरले नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन । स्थानीयय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने उल्लेख छ। तर मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण कार्यपालिका बैठक बस्न नसक्दा तोकिएकै समयमा बजेट ल्याउन महानगर असफल भएको थियो ।

दिउँसो २ बजे बस्ने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतसहित सबै सदस्यहरूलाई कार्यपालिका बैठकका लागि आमन्त्रण गरिएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि बैठकका लागि मेयर बालेनले बोलाएको बताए। 'म अहिले अफिस जाँदै छु । बैठकका लागि मेयर साबले बोलाउनुभएको छ। पहिले पनि बाधक बन्दिन भनेको थिएँ,' उनले भने ।  

आज कार्यपालिका बैठकअघि  बिहान ११ बजे बजेट निर्धारण सिमा समितिको बैठक बस्नेछ। मेयर नेतृत्वमा रहेको उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहन्छन् । बजेट निर्धारण सिमा समितिको बैठकपछि उपमेयर नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।

त्यसपछि कार्यपालिको बैठक बस्नेछ। कार्यपालिका बैठकमा विभिन्न विभागहरूबाट ल्याएका प्रस्तावहरू पेस हुनेछ ।

त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल गर्ने कार्यसूची रहको मेयर बालेनका स्वकीय सचिव  शाहले जानकारी दिए।

आजकै कार्यपालिका बैठकले नगर सभा बोलाउन मिति तय गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार