मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार
झापा । नगरपालिकाको भूमि प्रशासन शाखामार्फ कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् ।नगरपालिकाका भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार कनकाई नगरपालिकाले गत असार ८ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको थियो । उनका अनुसार, भूमि प्रशासन शाखामार्फत धनीपुर्जा वितरण तथा जग्गापाससम्बन्धी कार्य सहज रूपमा भइरहेको छ । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनीपुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ ।

भूमि प्रशासन तथा मालपोत सेवाअन्तर्गत धनीपुर्जा वितरण, कित्ताकाट तथा जग्गापाससम्बन्धी कार्य सहजरूपमा अघि बढिरहेकाे उनले बताए ।

 लामो प्रयासपछि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन सफल भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।  यसबाट नगरवासीले सहज, छिटो र पारदर्शी रूपमा सेवा पाउन थालेको उनकाे भनाइ छ ।
कनकाई नगरपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि १३ जना कर्मचारी खटाइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार