मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

नयाँ परिवेशमा नयाँ सरकार बन्न लागेकाले राजनीतिक नियुक्ति खाएकाले मार्गप्रशस्त गर्नुपर्छः बुर्लाकाेटी

देश प्रदेश डेस्क 5449+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक भागबण्डाका आधारमा पदमा बस्नेहरुलाई लक्षित गर्दै तत्काल मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नयाँ परिवेशमा नयाँ सरकार बन्न लागेकाले राजनीतिक नियुक्ति खाएकाले मार्गप्रशस्त गर्दा उपयुक्त हुने धारणा राखे ।

आइतबार सार्वजनिक धारणा व्यक्त गर्दै बुर्लाकोटीले योग्यता र प्रतिस्पर्धालाई बेवास्ता गरेर गरिएको नियुक्तिले राज्य संयन्त्रलाई कमजोर बनाएको आरोप लगाए। उनले भने, “राजनीतिक पहुँचका भरमा पद ओगट्ने प्रवृत्ति अब अन्त्य हुनुपर्छ, होइन भने जनताबाट कठोर प्रतिक्रिया आउन सक्छ।”

उनका अनुसार, सार्वजनिक संस्थान, बोर्ड तथा विभिन्न सरकारी निकायमा भएका यस्ता नियुक्तिहरूले सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। “राज्यको स्रोत–साधनमा राजनीतिक भागबण्डा गर्नु लोकतान्त्रिक मूल्यविपरीत हो,” उनले स्पष्ट पारे।

बुर्लाकोटीले नियुक्ति प्रक्रिया पूर्ण रूपमा पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यतामा आधारित बनाउन पार्टीकाे मुल मन्त्र रहेकाे धारण राखे। साथै, हाल पदमा बसेका राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई नैतिकताको आधारमा पद त्याग्न उनले आह्वान गरेका छन्।

उनको यो अभिव्यक्तिसँगै राजनीतिक वृत्तमा बहस चुलिएको छ। कतिपयले यसलाई सुशासनको पक्षमा उठाइएको आवाजका रूपमा स्वागत गरेका छन् भने केहीले भने यसलाई राजनीतिक दबाब सिर्जना गर्ने रणनीतिका रूपमा टिप्पणी गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार