मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

फागुनमा चाेरी, जेठमा पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

झापा / झापाकाे बिर्तामोडमा चोरीका घटना बढेसंगै प्रहरीले चोरीमा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।

गत फागुन २२ गते बिहान अन्दाजी ११ः३० बजे अर्जुनधारा वडा नं. ६ दालपुलस्थित इन्दिरा रिजाल संग्रौलाको घरबाट चोरी गर्नेहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिर्तामोड २ चारपाने बस्ने २८ वर्षीय सुरज राई ,चोरीको गर–गहना खरिद गर्ने बिर्तामोड १ नारायण चोक बस्ने ४९ वर्षीय अरविन्दकुमार विश्वकर्मा (कालिगढको रुपमा कार्यरत) र शेरावाली ज्वेलर्स बिर्तामोडका संचालकका छोरा सुभान्सु साह रहेकाेे प्रहरीले जानकारी दिएकाे छ ।

उनीहरुले संग्रौलाको घरबाट १० तोला बराबरको सुनको बाला, तिलहरी, सिक्री, मंगलसुत्र, नौगेडी, झुम्का, हिराको औठी,६ तोला बराबरको चाँदीको पाउजु लगायतका गरगहना चोरी गरेका थिए । राईले चोरी गरेको गरगहना विश्वकर्मालाई बिक्री गरेका थिए भने विश्वकर्माले साहलाई बिक्री गरेका थिए । चोरी गरेको ६.९९५ तोला सुन गालेर ढिक्का बनाईराखेको अबस्थामा बिर्तामोड वडा नं. ५ हिकोला रोडस्थित शेरावाली ज्वेलर्सबाट बरामद भएको  प्रहरीले जनाएकाे छ ।

उनीहरुलाई झापा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै