मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापाको कन्काईमा गोली चल्याे

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

                                                                                                              साङ्केतिक तस्वीर

झापा  झापाको कन्काई नगरपालिका ४ मा प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

आज साँझ कन्काई ४ मा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोजेको थियो । त्यसक्रममा उनीहरु भागेपछि खेदाउने क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागूऔषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । एकजनाको खुट्टामा गोली लागेको छ । दुई गोली हानेकोमा अन्जार आलमको बायाँ गोडामा एक गोली लागेको छ ।दुवैजनालाई पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी बरिष्ठ सइ राधाकृष्ण दाहालले बताए ।

पक्राउ पर्नेहरुमा भारत डिघलबैंक ५ का २८ वर्षीय अन्जार आलम र उनका भाई १७ वर्षीय युसुफ आलम रहेका छन् । एकजनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ । । उनीहरुको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै